कास्की साईकिङ्ग संघको अध्यक्षमा शंकर भण्डारी

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ ।कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न साधारणसभा तथा अधिवेशनले भण्डारीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ र कोषाध्यक्षमा कमल बहादुर नेपाली चयन भए ।
कार्यसमिति सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, आशामिंया श्रीमल, वमन चालिसे र एलिना सापकोटा चयन भएका छन् । अधिबेशनले ९ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि चयन भए । साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि कास्कि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियाले गरेका थिए ।
कार्यक्रममा पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार लगायतले शुभकामना व्यक्त गरे । सो अवसरमा नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेता खेलाडी हिक्मत विक र प्रशिक्षक धन थापालाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्