क्रिकेटमा गण्डकी प्रदेश क्रिकेट टोलीको सानदार जित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । चितवनमा जारी प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सम्पन्न २०र२० पुरुष क्रिकेटमा बागमती विरुद्ध गण्डकीले सानदार जित निकालेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा गण्डकीले आयोजक बागमतीलाई ३२ रनले पराजित गरेको हो ।

गण्डकीका दिपक डुम्रे र अर्जुन कुमालले अर्धशतकिय पारी संगै शतकिय साझेदारी खेले पछि २० ओभरमा ६ विकेट गुमाउँदै २३४ रनको विशाल स्कोर बनाए थिए ।

यता जवाफी व्याटिङ गरेको बागमतीले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतीमा २०२ रनमा समेटिएको छ ।

खेलमा गण्डकीका दिपकले ३१ बलको सामाना गर्दै ७५ रन बनाए भने अर्जुनले ३२ बलमा ५५ रनको पारी खेले । दिपकले आफ्नो पारीमा ८ छक्का र ३ चौका प्रहार गरे भने अर्जुनले २ छक्का र ५ चौकामा आफ्नो नाम लेखाए । दिपक र अर्जुन यू–१९ का राष्ट्रिय खेलाडी समेत हुन् । त्यसै गरी सन्दिप खत्रीले १२ बलमा २७ रन बनाए ।

बागमतीका बलर रिजन ढकाल र क्रिजन गुरुङले समान २–२ विकेट लिए ।

त्यस्तै जवाफी व्याटिङ गरेको बागमतीका लागि रविन जोशीले ३३ बलमा ६८ रन बनाए भने तिलकराज भण्डारीले १७ बलमा ३७ रन बनाउँदा शुव कशांकारले २७ बलमा ३७ रनको योगदान दिए ।

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले २–२ विकेट लिए भने १ विकेट कमल परियारले हात पारे ।

गण्डकी जित संगै सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले कर्णाली र कोशीको बिजेतासग सेमीफाइनलमा भिड्ने छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?