पुष्प र अमृत गुरुङले जिते ब्यास ४ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि

मदन तिमल्सेना
  • ख-
  • ख+

२९ चैत्र । तनहुँ । पुष्प गुरुङ र अमृत गुरुङले जिते ब्यास ४ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । नया बर्षको अवसरमा जि.आर. ईलेक्ट्रोनिक्स सप्लायर्स तथा ब्यास युथ क्लबको सयुक्त आयोजनामा भएको ब्यास नगरपालिका वडा नम्वर ४ स्तरीय ब्याडमिन्टन प्रतियोगितामा गुरुङद्धयले उक्त उपाधि जितेका हुन् । ११ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सबै टिमलाई पछि पार्दै पुष्प र अमृत गुरुङको जोडी प्रथम भएका हुन् । उक्त प्रतियोगितामा कर्ण गुरुङ र कुमार गुरुङले द्वितीय स्थान हासिल गर्न सफलभएका थिए ।

दमौली बजारको उत्तरशिला हलमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जि.आर. इलेक्ट्रोनिक्स सप्लायर्सका प्रोपाइटर गौरव खड्काले प्रथम हुनेलाई बोका र दोस्रो हुनेलाई भाले पुरस्कार वितरण गरेका र्थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?