जेठ १८ देखि तनहुँमा विद्यालय स्तरिय क्रिकेट लिग हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँमा विद्यालय स्तरिय क्रिकेट लिग हुन गईरहेको छ । विद्यार्थीहरुमा क्रिकेट प्रति लगाव बढाउन र विद्यार्थीमा भएको प्रतिभाको पहिचानको लागि आगामी जेठ १८ गतेदेखि २१ गतेसम्म जिल्ला क्रिकेट संघ तनहुँले उक्त लिग संचालन संचालन गर्न लागेको हो ।
उक्त लिगमा जिल्लाभरका २५ भन्दा बढि विद्यालयहरु सहभागी हुने र खेलाडीहरुको खेल कौशल अनुसार माथिल्ला प्रतियोगिताहरुमा जिल्लाबाट सिफारिस गरिने जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिनुभएको छ ।
दमौलीको वि.पि. वनवाटिकाको खेल मैदानमा हुने लिगको तयारी अन्तिम अवस्थामा पुगेको जिल्ला क्रिकेट संघ तनहुँका कोषाध्यक्ष मनोज सुवर्णकारले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?