ट्रम्प फेरि अमेरिकी राष्ट्रपति बने भने बाँकी विश्वलाई कस्तो फरक पर्छ ?

सर्वज्योति
  • ख-
  • ख+

संयुक्त राज्य अमेरिकामा यो वर्ष नोभेम्बर महिनामा हुने राष्ट्रपति पदको निर्वाचनमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जित्न सक्ने केही सर्वेक्षणहरूमा देखिएको छ। तर ट्रम्पको पदासीन राष्ट्रपति जो बाइडनसँग चर्को प्रतिस्पर्धा पनि हुन सक्छ।

जसले जिते पनि अमेरिकी निर्वाचनको परिणामले विश्वभरि तरङ्ग ल्याइदिने छ। अमेरिको सीमाभन्दा टाढा रहेका करौडौँ मानिसको जीवनमा पनि यसले असर गर्न सक्छ।

आगामी जुलाईमा हुने अमेरिकी रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवारका रूपमा चुनिन बाँकी रहेका ट्रम्पले आफ्नो योजनाको विस्तृत विवरण सधैँ दिँदैनन्।

तर केही क्षेत्र र विषयमा डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनका नीतिभन्दा ट्रम्पका नीतिहरू फरक हुने स्पष्ट छ। तीमध्ये केहीबारे यहाँ विश्लेषण गरिएको छ।

युक्रेनलाई अमेरिकालाई दिएको सहयोग के होला ?
डोनल्ड ट्रम्प सन् २०२२ मा रुसले गरेको आक्रमणसँगै युक्रेनलाई दिइएको अमेरिकी सैन्य सहयोगको ठूलो रकमको विषयमा धेरै पहिलेबाटै आलोचनात्मक देखिएका छन्।

आफू राष्ट्रपतिका रूपमा रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका ट्रम्पले यस पटक निर्वाचित भएमा ू२४ घण्टाभित्रू युद्ध रोक्ने प्रतिज्ञा गरेका छन् उनले कसरी भन्ने कुरा खुलाएका छैनन्। तर यो प्रतिक्रियाले कतै उनले युक्रेनलाई आफ्नो भूमि रुसलाई सुम्पिन दबाव दिने हुन् कि भन्ने चिन्ता उत्पन्न गरेको छ।
किएभका लागि ६० अर्ब अमेरिकी डलरको सैनिक सहायतासहितको एउटा विधेयक ट्रम्पका रिपब्लिकन समर्थकहरूका कारण अमेरिकी कङ्ग्रेसमा महिनौँसम्म थन्किएको थियो तर एप्रिलमा उक्त विधेयक पारित हुँदा ट्रम्पले धेरै केही बोलेनन्।

गत मार्चमा ट्रम्पलाई भेटेका उनका एक मित्र तथा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बन ट्रम्पले जितेमा अमेरिकाले युक्रेनलाई  एक पैसा पनि नदिने बताउँछन्।

ओर्बनको प्रतिक्रियाबारे ट्रम्पलाई प्रश्न गर्दा टाइम म्यागजीनलाई उनले भनेका छन्, ूजबसम्म युरोपले बराबरी गर्दैन, तबसम्म म दिने छैन।
सैन्य सहयोग कम गर्ने कुरा रिपब्लिकन मतदाताहरूसँग पनि मेल खान्छ। प्यू रिसर्च सेन्टरले गत मे ८ मा सार्वजनिक गरेको सर्वेक्षणमा भाग लिनेमध्ये ४९ प्रतिशत रिपब्लिकनहरूले वाशिङ्टनले युक्रेनमा अत्यधिक खर्च गरिरहेको बताएका छन्। यस्तो धारणा राख्ने डेमोक्र्याटिक मतदाताको भाग १७ प्रतिशत छ ।

लन्डनस्थित रोयल होलोवे विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धका विज्ञ रहेकी मिशेल बेन्ट्ली ट्रम्पको सन्देशले अहिले नै प्रभाव पारिरहेको बताउँछिन्। उनी ट्रम्पको जितको सम्भावना रहेका कारण पुटिनले आफूलाई बलियो अनुभूति गरेको हुन सक्ने बताउँछिन्।
बिबिसि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?