प्यालेष्टिनी कैदीमाथि इजरायली सेनाले यौन दुर्व्यवहार बारे छानविन गर्नुपर्ने अमेरिकाको भनाई

सर्वज्योति
  • ख-
  • ख+

वासिङ्टन डीसी । इजरायली सेनाको कैदमा रहेको प्यालेष्टिनीहरूमाथि यौन दूर्व्यवहार गरेको आरोपमाथि इजरायलले पूरा छानबिन गर्नु पर्ने अमेरिकाले बताएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बुधबार यस्तो बताएका हुन् । दुर्व्यवहार गर्नेहरूमाथि शून्य सहनशीलता देखाउन पनि उनले भनेका छन् ।

इजरायलको च्यानल१२ मा प्रसारण भएको एउटा भिडियोमा सैनिकहरूले बन्दीलाई सर्भिलियन्स क्यामराले देखिने ठाउँबाहिर लगेको देखिन्छ । सो भिडियोको समीक्षा गर्ने क्रममा सैनिकहरूले बन्दीमाथि दुर्व्यवहार गरेको निष्कर्ष निकालिएको थियो । आफूहरूले भिडियो हेरेको र बन्दीहरूको यौन दुर्व्यवहार भएको खबर भयानक भएको पनि मिलरले बताए ।

यस मामिलामा इजरायल सरकार र इजरायली रक्षा बल (आईडीएफ) ले पूरै छानबिन गर्नु पर्ने उनको भनाइ छ । बन्दीमाथि दुर्व्यवहार, बलात्कार जस्ता मामिलामा शून्य सहनशीलता देखाउनु पर्नेमा उनले जोड दिएका छन् । प्यालेष्टिनी बन्दीहरूको बलात्कार, उत्पीडन र दुर्व्यवहारका खबरहरू निकै चिन्ताकारी भएको ह्वाइट हाउसले पनि भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?