इन्स पोर्चुगलको नेतृत्वमा सूर्य खड्का चयन भएका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, पोर्चुगल राष्ट्रिय समितिका अध्यक्ष कमल खड्काको अध्यक्षता भएको अधिवेशनमा प्रमुख अतिथिका रुपमा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे रहेका थिए ।
उत्तः अवसरमा केन्द्रीय अध्यक्ष घिमिरेले नेपाल र नेपालीको लागि छ वटा महादेश र १२३ देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको सहयोगी कार्यको छोटकरीमा प्रस्तुत गरेका थिए ।
अधिवेशनले सूर्य खड्काको नेतृत्वमा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने, सुरज पौड्यालको नेतृत्वमा ७ जनाको सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यसमितिको पहिलो बैठकले पोर्चुगलमा सक्रिय सम्पूर्ण संघसंस्थाका अध्यक्षहरूको पनि एउटा समिति हुने परिकल्पना गरेको छ ।
कार्यक्रममा आसिसि सदस्य द्वय राजकुमार थापा र बिनु बस्नेत, जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकाल सुवेदी, जनसम्पर्क मञ्च पोर्चुगलका अध्यक्ष युवराज पन्थि, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री, तमु समाजका अध्यक्ष मिलन गुरूङ, तामाङ समजका अध्यक्ष गोपाल योन्जनलगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।








