वाई वाई यू–१९ क्रिकेट छनौटमा तनहु ९ विकेटले बिजयी भएको छ । पोखरा रंगशालामा जारी समुह ए अन्तर्गतको खेलमा पर्वत विरुद्धको खेलमा तनहुँ ९ विकेटले बिजयी भएको हो । तनहुँका बलर देव कुमार पासवानको बलिङमा पर्वत २६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटिए पछि तनहुँले सहज जित दर्ता गरेको हो ।
तनहुँले टस जितेर बलिङ गरेको थियो । तनहुँका लागि वंश क्षेत्री र सानोत्या बन्जराले समान २–२ विकेट लिए ।
यता जवाफी व्याटिङमा उत्रिएको तनहुँले १८.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेटट्यायो । इशान क्षेत्री १८ र बंश क्षेत्रीले २१ रन बनाउँदै नट आउट रहँदा सुप्रिन सुनार २५ रन बनाउँदै रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किएका थिए । म्यान अफ दि म्याच तनहूका देव कुमार पाएका छन् उनले ९ ओभरमा १५ रन दिएर ४ विकेट झारेका थिए ।
बुधबारको खेल तनहुँ र कास्कीका बिच हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।