पोखरा । गण्डकी टेक बल सङ्घको अध्यक्षमा सुजन आचार्य चयन भएका छन् । लामो समयदेखि खेल क्षेत्रमा योगदान पुर्याएका आचार्यको नेतृत्वमा बनेको गण्डकी टेबल सङ्घ प्रदेश सङ्घको तर्दथ समितिमा उपाध्यक्ष पोषण थापा, सचिव सन्तोष रेग्मी, सचिव सुजा गुरुङ चयन भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा सुदिप आचार्य,, दीपक राज भण्डारी, मञ्जु आचार्य, धर्मेन्द्र कुमार घोडाशैनी, आशिष श्रेष्ठ, तिल बहादुर सेन, मञ्जु आचार्य, र प्रकाश थापा चयन भएका छन् ।
पोखरामा हालै सम्पन्न भेलाबाट अध्यक्ष चयन पश्चात संक्षिप्त प्रतिक्रिया दिदै आचार्यले खेलक्षेत्रलाई अझ चलायमान बनाउन आफ्नो नेतृत्वमा गतिविधिहरु हुने बताएका छन् ।