
तनहुँ । तनहुँको व्यास वडा नं. ४ बाघभन्ज्यांगमा आयोजित व्याडमिन्टन प्रतियोगितामा सुमित दरै र सुदिप न्यौपाने प्रथम एका छन् । व्यास ४ को बागभञ्ञ्याग्ङ व्याडमिन्टन युवा क्लवको आयोजनमा भएको प्रतियोगितामा युवा खेलाडीद्धय सुमित दरै र सुदिप न्यौपाने प्रथम भएका हुन् ।
शुभ दिपावली तथा छठ पर्व अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेलमा सुमित दरै, सुदिप न्यौपाने र शिव श्रेष्ठ, मोहन गुरुङ फाईनल पुगेका थिए ।
दशै तिहारको शुभकामना आदानप्रदान सहित कार्यक्रम निकै रोमाञ्चक भएको बाघभन्ज्यांग व्याडमिन्टन युवा क्लवको अध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।
उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको खेल संयोजक हमन थापा मगरले जानकारी दिएका छन् ।