
तनहुँ । हाम्रो गाउँ, हाम्रो खेलाडी, फुटबल चम्काउने तयारी भने नाराको साथमा तनहुँमा भएको
तेस्रो नव कप तनहूँ च्याम्पियनसिप -२०८१ को उपाधी दोभान युवा क्लबले जितेको छ। ९ टिमको सहभागीता सहित कार्तिक ६ गतेबाट सन्चालन भएको तेस्रो नव कप तनहूँ च्याम्पियनसिप -२०८१ पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतिनिधि सभाका सदस्य शंकर भण्डारी उक्त प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुदै खेल क्षेत्रमा धेरै काम गर्न बाकी रहेको, नेपाली खेलाडीहरुले देशका लागि निकै उत्कृष्ट खेल्दै आएको बताएका थिए साथै भण्डारीले राज्यले खेलमा उलेख्य लगानी नगरे पनि खेलाडीहरुले निकै मेहनत गरेर खेल खेलेकोमा सबै खेलाडीहरुलाई धन्यवाद पनि दिएका थिए ।
व्व्यास १ को निर्मल मा.वि. को खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेल दोभान युवा क्लव र सेभेन स्टार बिच भएको थियो । उक्त खेलमा दोभान युवा क्लवले ३ गोल गरि उपाधी जित्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार ८१ रुपैयाँ , मेडल, ट्रफि र दोस्रो हुनेलाई ७५ हजार ८१ रुपैयाँ मेडल, ट्रफि प्रदान गरिएको थियो ।
खेलको उत्कृष्ट खेलाडीको उपाधि दोभान युवा क्लवका टिम क्याप्टेन दिपक थापा भएका थिए । थापालाई पुरस्कार स्वरुप साईकल प्रदान गरिएको थियो ।