तनहुँ । तनहुँको दमौली बजारमा रहेको कन्काई ग्लोबल एकेडेमीले राष्ट्रिय महिला टिमकी फुटबल खेलाडीलाई सम्मान गरेको छ । १७ अक्टोबर देखि ३० अक्टोबर २०२४ सम्म नेपालको दशरथ रङ्गशालामा आयोजना गरिएको SAFF Women’s Championship को सातौं संस्करणमा नेपाली राष्ट्रिय महिला टिमको महत्वपूर्ण सदस्यका रूपमा भुमिका निर्वाह गरेकी तनहुँकी चेली नेपालकी सान राष्ट्रिय खेलाडी श्री बिमला बि.क.लाई विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा बधाई दिदै तथा सम्मान गरेको हो । उक्त कार्यक्रममा उक्त विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारले बि. क.लाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए।
खेलाडी बि.क ले आफ्नो अनुभव बाँड्ने क्रममा विद्यार्थीहरूलाई पढाइका साथसाथै खेल क्षेत्रको सफलताले पनि राष्ट्र र समाजलाई केही गर्न सकिन्छ भन्ने हौसला प्रदान गरेकी थिईन्। उक्त अवसरमा विद्यार्थीहरूले बि.क.सँग तस्बिर लिनुका तथा अटोग्राफ लिन पाउदा खुसी व्यक्त गरेका थिए ।