आज एनपीएलको उद्घाटन खेल हुदै

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज कीर्तिपुरमा रहेको टीयु क्रिकेट मैदानमा उद्घाटन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपीएल खेल्न चर्चित भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

एनपिएलको अक्सनमार्फत १० खेलाडी भित्राएका प्रत्येक टोलीले ४-६ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एक जना मार्की प्लेयर र एक आइकोनिक खेलाडीको रुपमा एनपिएल खेल्नेछन् ।

समूह चरणमा प्रत्येक टोलीले ७ खेल खेल्नेछ । शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोली र एलिमिनेटरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।

आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्नेछन् । उक्त खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिलकुमार शाहले गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?