अमेरिकाको क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ ।

सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा अवस्थित एक होटललाई सुनामीको चेतावनीका लगागार अलर्ट आएका थिए । शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग विजुली छैन ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?