SAAT फुटसल प्रतियोगिताको उपाधी ३बिद्यालयले जिते

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ ,मङ्सिर २२ । पिक पोइन्ट एकेडमी, साम्तेन मेमोरियल स्कुल र यूनिभर्सल कलेज प्रिपेरेटरी स्कुलले पाँचौँ SAAT फुटसल प्रतियोगिताको उपाधि जितेका छन। मङ्सिर २० र २१ गते कान्तिपुर फुटसल, एकतावस्तिमा सञ्चालन भएको प्रतियोगिताको सिनियर ब्वाइज् तर्फ युनिभर्सल कलेज प्रिपेरेटरी स्कुल, सिनियर गर्ल्स तर्फ साम्तेन मेमोरियल स्कुल र जुनियर ब्वाइज् तर्फ पिक पोइन्ट एकेडमी ले  उपाधि जितेका छन।

तीन विधामा गरी कुुल ४३ टोली सम्मिलित सो प्रतियोगिताको सिनियर ब्वाइज् तर्फ विनायक इङ्ग्लिस स्कुल दोस्रो , साम्तेन मेमोरियल स्कुल र राष्ट्रिय सुनगाभा आवासीय विद्यालयले तेस्रो स्थान प्राप्त गरेका थिए।

सिनियर गर्ल्स तर्फ पिक पोइन्ट एकेडमी दोस्रो र सेन्ट जर्ज इन्टरनेशनल स्कुल र सेन्ट जोन स्कुलले तेस्रो स्थान प्राप्त गरेका थिए।

यसैगरी जुनियर तर्फ राष्ट्रिय सुनगाभा आवासीय विद्यालयले दोस्रो र ब्रुकलिन स्कुल र साम्तेन मेमोरियल स्कुलले तृतीय स्थान हाशिल गरेका थिए।

खेलाडीहरुको प्रदर्शन र अनुशासनको आधारमा इरा स्कुललाई “Emerging Team” को अवार्ड प्रदान गरिएको थियो।

उक्त प्रतियोगितामा सिनियर ब्वाइज् तर्फ विनायक इङ्ग्लिस स्कुलका संयोग, सिनियर गर्ल्स तर्फ पिक पोइन्ट एकेडमी कि मेलिना र जुनियर ब्वाइज् तर्फ सुनगाभा स्कुलका सुरज उच्च गोलकर्ता बनेका छन्।

उत्कृस्ट गोल रक्षक विधामा सिनियर ब्वाइज् तर्फ युनिभर्सल कलेज प्रिपेरेटरी स्कुलका पुरुषोत्तम , सिनियर गर्ल्स तर्फ पिक प्वाईन्ट कि मेलिना र जुनियर ब्वाइज् तर्फ पिक पोइन्टकै दिपेन्द्र लाई प्रदान गरिएको थियो।

त्यस्तै, सिनियर ब्वाइज् तर्फ विनायक स्कूलका जेशन, सिनियर गर्ल्स तर्फ साम्तेनका कामना र जुनियर ब्वाइज् तर्फ ब्रुकलिनका प्रिन्स उत्कृस्ट खेलाडी बनेका थिए।

SAAT का अध्यक्ष ई. बिनय श्रेष्ठको अध्यक्षता तथा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक चेतन घिमिरेको प्रमुख आतिथ्यता, नेपाली राष्ट्रिय महिला टिमकी सदस्य अनिता बस्नेत र युवा वैज्ञानिक सुशील देव भट्टराईको आतिथ्यतामा पुरस्कार वितरण सहित  प्रतियोगिताको समापन गरिएको कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?