बन्दिपुरको छापमा खुल्ला 7 A SIDE नकआउट तथा भेट्रान्स फुटवल प्रतियोगिता हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ छापमा आगामी पौष २४ गतेदेखि माघ १ गतेसम्म दशौं छपेली कप २०८१ खुल्ला सेभेन ए साईड नकआउट तथा भेट्रान्स फुटवल प्रतियोगिता हुन गईरहेको छ ।

बन्दिपुर १ छापकै छपेली युवा क्लवको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुने टिमलाई १ लाख ३० हजार, दोश्रो हुने ६५ हजार पुरस्कारका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि भेट्रान्सतर्फ प्रथम हुनेलाई खसी र दोश्रो हुनेलाई बोका पुरस्कार प्रदान गरिने पनि क्लबले जनाएको छ साथै उक्त प्रतियोगितामा सेमी फाईनलमा प्रवेश गर्ने टिमलाई १० हजार रुपैया पुरस्कार प्रदान गर्ने पनि क्लबले जनाएको छ ।

सामाजिक अन्तर सम्बन्धका लागि खेलकुद भन्ने नाराका साथ संचालन हुन लागेको उक्त प्रतियोगिता स्वर्गिय देवनारायण मिश्र र स्वर्गिय मायादेवी मिश्रको स्मृति मा आयोजना गर्न लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?