
काठमाण्डौ । ब्राजिल फुटबलका अहिलेका स्टार खेलाडी भिनियस जुनियर साल २०२४ को फिफा वर्ष खेलाडी बनेका छन् ।
मङ्गलवार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी रियल म्याड्रिडका फरवार्ड समेत रहेका जुनियनरलाई अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।
सबै प्रतियोगिताका ३९ खेलमा २४ गोल गरेका जुनियरले ११ गोलको सहयोगीको भूमिका पनि निभाएका थिए ।