बेसीशहर । 7 A SIDE फुटबल प्रतियोगितामा लमजुङ कै सबैभन्दा धेरै पुरस्कार रासी को खुल्ला फुटबल प्रतियोगिता छैटो सुन्दरबजार कप २०८१ लमजुङको सुन्दरबजारमा हुन गईरहेको छ । लमजुङ क्याम्पसको मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैया नगद पुरस्कार पाउनेछ । क्लबका अनुसार जुन पुरस्कार रकम लमजुङ जिल्लामा हालसम्म संचालन भएका 7 A Side फुटवल प्रतियोगितामध्येको सबैभन्दा धेरै धनरासीको पुरस्कार हो । त्यसैगरि प्रतियोगितामा दोश्रो हुने टिमले १ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई ५ हजार रुपैया, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया र उत्कृष्ट टिमलाई १० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । साथै साथै विजयी टिम तथा खेलाडीहरुलाई कप, मेडल र प्रमाण्पत्र पनि प्रदान गरिने आयोजक सुन्दरबजार युथ क्लबले जनाएको छ ।
प्रतियोगिता माघ १ गतेदेखि शुरु हुनेछ ।