एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्सले जित्यो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

नेपाल प्रिमियर लिगमा ऐरीले जिते कार
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

लुम्बिनीले पायो फेयर प्ले अवार्ड
नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो ।

खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको टोलीलाई उक्त पुरस्कार दिइन्छ ।

मिलन्था बने प्लयेर अफ द म्याच

जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।

प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।

क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए । उनले पनि २५ हजार रुपैयाँ पाए ।

एनपीएलः कुन टोलीले कति रुपैयाँ पाउँछ ?
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सलाई स्तब्ध पार्दै जनकपुर बोल्ट्सले उपाधिमाथि कब्जा जमाएको हो । १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुन पुग्यो । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?