भानु १२ अर्चलेमा फागुन ३ देखि अर्चले फुटबल कप संचालन हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं १२ अर्चलेमा फागुन ३ देखि अर्चले फुटबल कप २०८१ संचालन हुन गईरहेको छ । उक्त स्थानकै अर्चले युवा क्लबले आयोजना गर्दै आएको “अर्चले फुटबल कप–२०८१” को छैटौं संस्करणको ‘7 A SIDE’ फुटवल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि १० गतेसम्म अर्चले खेलमैदानमा संचालन हुनेछ ।
यसभन्दा पहिलाका प्रतियोगिताहरुमा पनि तनहुँ, लम्जुङ, कास्की, गोरखा, चितवन लगायत विभिन्न जिल्लाका युवा क्लबहरुको सहभागिता रहकोले पनि यसपटकको प्रतियोगितामा पनि दर्जनौ संख्यामा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ६० हजार रुपैया, कप, प्रमाणपत्र , प्रशंसा पत्र , मेडल र दोश्रो हुने टिमलाई ८० हजार रुपैयाँ प्रमाणपत्र , प्रशंसा पत्र , मेडल पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?