तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा ३ लाख प्रथम पुरस्कार भएको दोश्रोे ग्याग्दे गाउँपालिका अध्यक्ष कप आयोजना हुदैछ । म्याग्देको पर्यटन विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि फागुन १३ गतेदेखि फागुन २२ गतेसम्म दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप आयोजना हुन लागेको हो उक्त कुराको जानकारी आज गाउँपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले म्याग्दे गाउँपालिकाको पहिचान बृद्धि गर्नको लागि यसपटक ”गण्डकी प्रदेश पालिका स्तरीय ११ ए साईड नकआउट पुरुष फुटवल प्रतियोगिता”, ”जिल्ला स्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता” र ”म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता” गर्न लागेको जानकारी दिएका थिए । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले फुटवल खेलाडी उत्पादनमा उर्वर भुमीको रुपमा परिचित म्याग्दे गाउँपालिकामा यसप्रकारको प्रतियोगिताले अझै खेलाडी उत्पादनमा सहयोग पुग्ने पनि बताएका थिए ।
कार्यक्रममा उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले प्रतियोगिता सफल बनाउन र खेलाडी उत्पादनको लागि गाउँपालिकाले समय समयमा वडामा विभिन्न प्रतियोगिताहरु आयोजना गरेको बताएका थिए ।
म्याग्दे गाउँपालिका वडा नं ५ छाङ्ग पाटनमा हुने फुटवल प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, ट्रफी, मेडल र प्रमाण -पत्र, द्धितीय पुरस्कार १,लाख ५० हजार ट्रफी, मेडल र प्रमाण-पत्र,र सेमीफाइनल पुग्ने २ टिमलाई १५/१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने उक्त अवसरमा जानकारी दिईएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई दश हजार र विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच/पाँच हजार रुपैया नगद पुरस्कार प्रदान गरिने पनि बताईएको थियो । त्यसैगरि जिल्लास्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता म्याग्दे गाउँपालिका वडा नं ४ स्थित थर्पु व्याटमिन्टन क्लवको कवर्डहलमा सञ्चालन गरिने पनि जानकारी दिईएको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण(पत्र, दोस्रो हुने टोलीलाई ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण- पत्र, र सेमिफाइनल पुग्ने दुई टोलीलाई १०/१० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाण -पत्र प्रदान गरिने पनि जानकारी दिईएको थियो ।
त्यसैगरि म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहने र प्रथम हुने टोलीलाई ८० हजार हजार, ट्रफी, मेडल, प्रमाण-पत्र , दोस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने पनि उक्त अवसरमा जानकारी दिईएको थियो । साथै पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लक, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने पनि जानकारी दिईएको थियो ।
प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैया म्याग्दे गाउँपालिकाले आ. व. २०८१/०८२ मा विनियोजन गरिएको उक्त प्रतियोगिता न्यु भिजन युवा क्लव म्याग्दे-२, थर्पु व्याटमिन्टन क्लव म्याग्दे-४ र आदर्श नमुना क्लव म्याग्दे-४ को विशेष सहयोग रहने पनि उक्त अवसरमा जानकारी प्रदान गरिएको थियो ।
शिक्षा तथा खेलकुद शाखा प्रमुख बिष्णु खत्रीले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा ग्याग्दे गाउँपालिका कार्यपालिका सदस्यहरु, वडाका वडाअध्यक्षहरु, पत्रकार महासंघ तनहुँका अध्यक्ष डि.पि. अधिकारी, क्लबका प्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरु, कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।








