तनहुँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तनहुँ जिल्लामा माघ २५ गते खेलाडी छनौट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुन गइरहेको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि यस जिल्लाबाट खेलाडीहरु छनौट गर्न लागिएको जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिएका छन् । दमौलीको बनबाटिका खेल मैदानमा हुने छनौट प्रक्रियामा सहभागी हुन पनि अध्यक्ष तिमल्सेनाले अपिल गरेका छन् । बिहान १० बजेबाट हुने खेलाडी छनौट प्रक्रियामा छनौट हुने खेलाडीहरुले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तनहुँको तर्फबाट सहभागीता जनाउनेछन् ।








