तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरे स्वाँरामा महाशिवरात्री पर्वको अवसरमा दोस्रो श्री सिद्धकप २०८१ गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। श्री सिद्ध युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा विजयी टिमहरूका लागि पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने टिमलाई ३० हजार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र, दोश्रो हुने टिमलाई २०हजार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र, तथा तेश्रो हुने टिमलाई १५ हजार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। बेस्ट स्पाइकर, बेस्ट लिफ्टर र अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
महाशिवरात्री पर्वको अवसर पारेर आयोजना गरिन लागेको यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक श्री सिद्ध युवा क्लबका अध्यक्ष चिजकुमार (बाबू ) गुरुङले बताएका छन् ।
फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि टिम दर्ता फागुन ५ गतेदेखि १३ गतेसम्म खुला रहने आयोजक समितिले जनाएको छ।








