अभिनेत्री श्वेता खड्काको बोल्ड अवतार (फोटो फिचर)

  • ख-
  • ख+

अभिनेत्री श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । पछिल्लो समय उनी व्यवसायमा लागेकी छिन् ।

श्रीकृष्णको घरमा श्वेता बुहारीका रुपमा प्रवेश गरेको दुई दिन मात्रै भएको थियो । उनीहरुका लागि त्यो रोमान्टिक मौसम थियो । आफैंले रोजेको केटासँग बिहे गर्दा श्वेतामा खुशीको सीमा थिएन । तर, श्रीकृष्ण बिरामी भएपछि श्वेताका केही खुशीमा सीमा रेखा कोरिए ।

बिहेको तेस्रो दिन अस्पतालमा ।

केही दिनपछि अस्पतालको रिपोर्टले भन्यो, ‘बोन क्यान्सर । त्यो पनि लास्ट स्टेजको ।’ नयाँ दुलहीलाई आइपरेको यस्तो सन्देशले श्वेतामा के बित्यो हेला ? श्वेताले नै भनेजस्तो त्यो भोग्नेलाई मात्र थाहा हन्छ ।

वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकी थिइन् ।

४५ दिनसम्म एउटा कोठामा कैद भएकी श्वेता त्यसपछि आमा-बासँग बस्न आइपुगिन् । यतिबेलासम्म श्वेताको दिमागले डिप्रेशनको बाटो तय गरिसकेको थियो । एक वर्षसम्म चरम डिप्रेशनमा थिइन् श्वेता ।

त्यसपस्चात नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि हुन् । पछिल्लो समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् । कोरोनाको माहामारिले गर्दा घरमै बसेर अभिनेत्रीहरुले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

सानो उमेरमा ठूलो चोट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्- ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’ यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी एकल महिलाले दिँदैछे । अझ, एक महिना नपुग्दै पतिवियोगले थलिएकी युवतीले दिँदैछे जीवनको यो परिभाषा ।

त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा बोल्ड अवतारका केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनको सुन्दरताको प्रसंसा गरेका छन् ।

हेर्नुस् उनको बोल्ड लुक्स

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?