लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौंं । लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।
खेलको ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन् ।
उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ ।
त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्नेछ । उक्त खेल फागुन ११ गते हुनेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । सुरुआती दुई खेलमा पराजित हुँदै लेवनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?