क्रिकेट प्रतियोगितामा घाईते खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघद्धारा ५ लाख रुपैया सहयोग

सर्वज्योति
  • ख-
  • ख+

बाठमाण्डौ । क्रिकेट प्रतियोगितामा घाईते क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघद्धारा ५ लाख रुपैया सहयोग गर्ने भएको छ । गत २९ मे देखि ९ जुन, २०२३ सम्म जनकपुरमा ७ प्रादेशिक क्रिकेट टीमहरुको सहभागीता रहेको महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाईते राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघद्धारा ५ लाख रुपैया सहयोग गर्ने भएको हो । जुन २ मा कोशी प्रदेश र गण्डकी प्रदेश विच भएको खेलमा कोशी प्रदेश टीमबाट सहभागी राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी घाईते भएका हुन् । लोहनी हालसम्म उपचाररत रहेको र औषधी उपचारको लागि यस संघबाट थप पाँचलाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामा जारि विज्ञप्तिमा जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?