क्यानडाको भ्यानकुभर सहरको एउटा सडकमा भइरहेको महोत्सवमा भीडमाथि एउटा कार जोतिँदा कम्तीमा नौजनाको ज्यान गएको प्रहरीले जनाएको छ।
फिलिपिनो समुदायले लापु लापु डेमा मनाइरहँदा भएको घटनामा कैयौँ मानिस घाइते भएका छन्।
भ्यानकुभरका मेयर केन सिमले फिलिपिन्सको सबैभन्दा ठूलो उत्सवमध्येको एक मानिने लापु लापु डेमा भएको भयानक घटनाबाट आफू स्तब्ध भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देखिन्थे
कालो एसयूभी गाडीको अगाडिको भाग कुच्चिएको छ र त्यो घटनास्थलनजिकै रोकिएको छ।
त्यहाँ एम्बुलेन्सहरूको ताँती लागेको छ। उक्त एसयूभीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटना स्थानीय समय अनुसार राति ८:०० बजेपछि भएको थियो।
प्रहरीले अनुसन्धान अगाडि बढ्दै जाँदा थप जानकारी दिने बताएको छ।
प्रधानमन्त्रीद्वारा दुस्ख व्यक्त
प्रधानमन्त्री मार्क कार्नीले यो घातक घटनाबारे थाहा पाउँदा आफू स्तब्ध भएको बताएका छन्।
मारिएका र घाइते भएकाहरूका प्रियजनहरू, फिलिपिनो क्यानेडिअन समुदाय र भ्यानकुभरका सबैप्रति म गहिरो समवेदना व्यक्त गर्दछु। हामी सबै शोक मनाइरहेका छौँ, कार्नीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
हामी अहिलेको परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ र घटनापछि प्रतिक्रिया जनाउन द्रुत काम गर्नेहरूलाई धन्यवाद दिन्छौँ।
कन्जरभेटिभ पार्टी र एनडीपीका नेताहरूले पनि घटनाबारे प्रतिक्रिया जनाएका छन्।
घटना हुनुभन्दा अघि भ्यानकुभरमा उक्त महोत्सवमा उपस्थित एनडीपीका नेता जगमीत सिंहले ूनिर्दोष मानिसहरूू मारिएका र घाइते भएका थाहा पाउँदा आफू स्तब्ध भएको बताए।
हामी यसबारे थप थाहा पाउन कुरिरहेका छौँ। हाम्रा मनमा पीडितहरू र उनीहरूका परिवारहरू – र भ्यानकुभरको फिलिपिनो समुदाय छ जो आज उत्सव मनाउन एकसाथ यहाँ आएका थिए।
सिंह क्यानडाको सङ्घीय चुनावका एक उम्मेदवार हुन् ९जुन सोमवार हुँदै छ० र उनको बर्नाबी सेन्ट्रल एरिया घटना भएको ठाउँको पूर्वमा पर्छ।
क्यानडाको कन्जरभेटिभ पार्टीका नेता पिएर पोलिएभले भ्यानकुभरमा भएको घटनाको भयानक खबर बाट आफू स्तब्ध भएको बताएका छन्।
विविसि नेपाली








