
तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको मंगलवार बसेको बैठकले जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोजकुमार सुवर्णकार र सन्देश नारायण श्रेष्ठ मनोनित गरेको छ ।
जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा बसेको बैठकले समितिमा पदेन बाहेकका सदस्यहरु मनोनित गरेको हो ।
खेलकुद समितिमा युवाहरुको सहभागी बढाउन समितिले व्यास नगरपालिका वडा नंं २ निवासी मनोज संदेश नारायणलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । तनहुँ जिल्ला क्रिकेट संघका कोषाध्यक्ष रहेका मनोज र बाराही बोर्डिङ स्कुलका सन्चालक रहेका संदेश नारायणले तनहुँमा खेलकुदका गतिविधि बढाउन अझ भुमिका खेल्ने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको विश्वास रहेको छ ।