तनहुँ । तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १७ गतेदेखि २४ गतेसम्म हुने क्लब स्तरिय T 20 क्रिकेट प्रतियोगिताका लागि सहभागी हुन आव्हान गरिएको छ । व्यास नगरपालिका वडा नं. ५, पाटनको खेलमैदान हुने उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक क्लबहरुले तनहुँ जिल्ला क्रिकेट संघको कार्यलयमा वा ९८५६०-६७३०८ मा सम्पर्क गर्नुहुन तनहुँ जिल्ला क्रिकेट संघले आग्रह गरेको छ ।
खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यका साथ क्लब स्तरिय टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको तनहुँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेनाले बताएका छन् ।








