पोखरामा यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटलेपराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३रनको योगफल तयार पारेको थियो ।
बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभमपौडेल र सुप्रिम सुनार सबैले १\१ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको तनहुँले १३.४ ओभरमा ६ विकेटको नोक्सानीमाजित हाँसिल गर्यो । प्लेयर अफ द म्याच समेत बनेका सुप्रिम सुनारले ४० बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५५ रनको पारी खेले, अंकित झाले १३ रन जोडे ।वर्षाका कारण खेल ढिलो शुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो । जितसंगै समुह ‘ए’ बाट तनहुँले पनि २ अंक जोडेको छ ।








