कृष्ण रुचाल जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा सर्वसम्मत चयन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत चयन भएका छन् । सङ्घको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा विश्वराज वाग्ले, सदस्यहरुमा चन्द्रकुमार कायस्थ, वीरेन्द्रराज काफ्ले, होमबहादुर राना, पुस्तक न्यौपाने, पदम थापा, विष्णुप्रसाद वाग्ले र गोपाल गिरी निर्मल चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा सानुकाजी यथार्थ र चन्द्रमोहन अधिकारी चयन भएका छन्।
साधारणसभा तथा भेला सङ्घका निवर्तमान अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?