नेपालका विकास आयोजना सफल बनाउने सैद्धान्तिक आधार पक्ष- बिष्णुप्रसाद वाग्ले

बिष्णुप्रसाद वाग्ले
  • ख-
  • ख+

हाम्रो देशमा प्रत्येक आर्थिक वर्षमा विकास आयोजनाहरु आउँछन्, बजेटकाो व्यवस्था हुन्छ, पूँजी खर्चहुन्छ , योजना सम्पन्न हुन्छन्, यो प्रकृया निरन्तर चलिरहन्छ । ती सम्पन्न भएका आयोजनाहरुले उद्देश्य अनुसारको प्रतिफल प्रदान गर्न सफल हुँदैनन् । प्रत्येक वर्षका आयोजनाहरु यसरी नै चलिरहन्छन्, योजनाको वास्तविक प्रतिफल देश र जनताले पाउन सकेका हुँदैनन् , योजना असफल हुने क्रम चलिरहन्छ । त्यसका प्रमुख कारणमा समयको उचित व्यवस्थापन र कार्यान्वयन पक्षको कमजोरी नै हो ।
​ विकास आयोजनाहरुलाई सफल बनाउन निर्माणका मापदण्डमा हालको सिद्धान्तलाई परिवर्तन गरी उचित स्तरीय परिणाम दिनसक्ने किसिमले गरिनु पहिलो आवश्यता हो । नयाँ स्तरीय र उन्नत मापन अनुसार विकास निर्माणका कामहरु गर्दा तोकिएको मापदण्डमा, तोकिएको समयमा, दीर्घकालिन, विश्वसनीय भरपर्दाे र टिकाउ काम हुनु अनिवार्य गरिनुपर्छ । त्यसरी गरिएका विकास निर्माणका कार्यको दीर्घकालीन न्यूनतम आयुको सीमा तोकिनुपर्छ अन्यथा निर्माण कम्पनीले त्यसको क्षतिपूर्ति दिने निश्चितताको व्यवस्था समेत गरिएको हुनुपर्छ, त्यसोभएमा मात्र राष्ट्रय पूँजीको दु्रुपयोग हुनबाट जोगिन्छ र विकासमा स्थायित्व सिर्जना हुन्छ ।
विकास निर्माणको आरम्भ र समापनको समय पनि हाल भइरहेको प्रचलन अति अव्यवहारिक र विकासको गतिलाई अवरुद्ध गर्ने र भ्रष्टाचारमुखी हुनगएको स्पष्ट देखिन्छ जसमा नयाँ आर्थिक वर्षका लागि वजेटको तय श्रावण महिनामा हुने र त्यसलाई संसदवाट पासभएर वैधानिकता प्रदान गर्ने कार्य पूरागर्दा असोज पुग्ने त्यसपछि चाडवाड जाडो मौसमको सुरुवातले काममा सुस्ताउने समयमा वजेटको प्रवाह नहुने त्यसै अन्तर्गत नेता, कर्मचारी र निर्माण कम्पनीका वीच मोलमोलाई र कमिसन बाँडफाडाको अंशका विषयमा गोप्य अनेकौ चरणका वार्तामा समयको बर्वादी आदिका कारणले कार्यारम्भको समय ढिलो गरिँदै वास्तविक कामगर्ने समय जेष्ठ पुग्ने गर्छ अनि हतारहतारमा काम गर्दा विकासको महिना असार हुनपुग्ने र निर्धारित वजेटको काम त्यहि समयमा सक्नुपर्ने वाध्यताले औपचारिकता र कर्मकाण्डी विकासको चक्रले गर्दा देशको विकासले गति लिन नसकेको तितो यर्थाथता हो ।
अमुक पार्टी शत्तामा पुग्दैमा उसका कोही नेता कैयाँैपटक प्रधानमन्त्री हुँदा र सम्पूर्ण शक्ति उसलाई प्राप्त हुँदैमा देशको विकास र जनताको जीवनस्तर र शैलीमा परिवर्तन आउँन सक्दैन त्यसका लागि त आत्मवल र देश विकासका स्पष्ट धारणा, प्रतिवद्धता, सदनमा रहेका अन्य राजनैतिक दल तथा सम्पूर्ण जनताको साथ र समर्थन, देशमा रहेका विद्वान र वुद्धिजीवि, पत्रकार, मानव अधिकारवादी लगायत सम्पूर्णको सरकार प्रति सकारात्मक दृष्टिकोण र सहयोग तथा विदेशी मित्रराष्ट्र प्रति सकात्मक र सन्तु्लनको परराष्ट्र नीति हुन परम आवश्यक हुन्छ । देशको विकास गर्नका लागि युद्ध जित्नुभन्दा कठिन कार्य मानिन्छ । युद्ध जित्नका लागि शस्त्रास्त्र र शैन्यवल केही समय भए मात्र पुग्छ । देशको विकासका लागि त्यो भन्दा कैयौगुणा वढि दर्शन, सिद्धान्त,नीति र रणनीति र प्रतिवद्धा तथा त्याग अनि जनताको सर्मथन र साथको आवश्यकता पर्छ । त्यसैले हाम्रो देशमा भइरहेको हालको राजनेताहरुको यो विशेषता र शैली रहँदासम्म देशको विकासले कहिल्यै पनि उचित गति लिनसक्दैन र देशको उन्नति हुने कुरामा जनताले आशा र विश्वास गर्नसकिने ठाउँ कम देखिन्छ । यो सर्वथा गलत शैली हो यसलाई परिवर्तन अनिवार्य छ । यसलाई परिवर्तन गरी नयाँ ढाँचाका नेपालका विकास आयोजना सफल बनाउने सैद्धान्तिक आधार पक्षका रुपमा लिन सकिन्छ । जो यसप्रकार हुनु उपयुक्त हुन्छ ।
● जेष्ठको १५ गते वजेट प्रस्तुत, असार भरमा वजेट पास र विनियोजन एवम् सम्वन्धित विकास योजनाका लागि आवश्यक रकमको केहि अंश श्रावणमा पोष्टिङ् लागि तैयार भइसकेको हुनु्पर्छ ।
● श्रावण र भाद्रको पहिलो हप्ता भित्रमा विज्ञापन आव्हान र टेण्डर प्रकृया पूरागरेर निर्माण व्यवसायी वा निर्माता वा सप्लार्य आदि सेवादाताको छनौट गरिसक्नुपर्छ ।
● कुनैपनि अवस्थामा आश्विन महिनामा विकासका सम्पूर्ण कार्य आरम्भ भइसक्नुपर्छ यसलाई निरन्तर द्रुतगतिमा अगाडि वढाइनुपर्छ ।
● यसरी आश्विन महिनावाट आरम्भ भएको काम जेष्ठको दोश्रो हप्तासममा कम्तिमा ९० % पूरा गरिसकेको कार्यप्रगति विवरण आगामि वर्षको वजेट प्रस्तुत हुँदा अनिवार्य रुपमा पेश गरिने व्यवस्था गरिनुपर्छ, अन्यथा त्यो विकास आयोजना असफल घोषणा गरिनुपर्छ र सम्वन्धित पक्षलाई उचित कारवाही हुने व्यवस्था गरिनुपर्छ ।
●वहुवर्षीय वा दीर्घकालिन योजनाका हकमा सङ्कटकाल वा अतिविशेष परिस्थिति हुनगएको विकट अवस्थामा वाहेक तोकिएको समयमा चरणवद्ध प्रगति भई सम्पन्न गर्नैपर्ने वाध्यकारी व्यवस्था गरिनुपर्छ ।
● विकास योजनाको तर्जुमा, सङ्गठन, निरीक्षण, मूल्याङ्गन, सम्पन्न र फरकफारक जस्ता प्रकृयाका क्रममा यथार्थ वस्तुनिष्ठ, उचित प्रतिफल प्राप्तहुने, दीर्घकालीन उपयोगी र टिकाउ प्रकृतिका, उचित लागतमा अधिकतम प्रतिफल प्राप्तहुन सक्ने योजनाको छनौट गरिनुपर्छ । योजनाको प्रकृति र अवस्थाको विचार गरेर सही र ठिक्क जनशक्तिको तयगरिनुपर्छ । लागत अनुमान गर्दा एउटा गलत संस्कारको रुपमा रहेको नीतिगत भ्रष्टाचार गरेर आवश्यकताको दोब्बर–तेब्बर अनुमान गर्ने, काम चाहिँ थोरै रकममा गुणस्तरहीन गरेर कर्मकाण्डी बनाई सम्पन्न गर्ने शैलीको अन्त गरिनुपर्ने हुन्छ ।
● विदेशी दातृराष्ट्र तथा संस्था र उनका सहयोगमा गरिने आयोजनाहरुमा उनीहरुका सल्लाहकार र विषय परामर्शदाता आदिका माध्यमले गरिने काममा हाम्रो देशको आवश्यकता अनुसारका हाम्रो अनुकुल हुने गरी हामीले तोकेको पारिश्रमिक र सेवासुविधा आधारमा सेवा लिने वातावरण गरिनुपर्छ । अन्यथा देशको सदा अहित हुनेहुँदा उनीहरुका त्यस्ता शर्त स्वीकारी विकास योजनाका काम गर्नुहुँदैन ।
● निर्माण कम्पनी, सेवा प्रदायक कम्पनी वा वस्तु तथा सामग्री सप्लायर्सको छनोट गर्दा उसको कार्यक्षमता, दक्षता, कार्यानुभव, विश्वसनीय र सेवाका गुणस्तरको पक्षमा विशेष विचार गरी मूल्याङ्कन गरेर मात्र पूर्ण विश्वसनीय कम्पनी छनौट गरी उसवाट सेवालिने गर्नुपर्छ ।
● देशको विकासमा जनताको प्रत्यक्ष सहभागिता र उनीहरुको पूँजीको समेत प्रयोग हुने केही आयोजना समेतको व्यवस्था गरिनु उपयुक्त हुन्छ । जहाँ राज्य र जनताको धनका प्रयोगले विकास गर्ने योजना बनाइन्छ त्यहाँ विकास सम्भव हुन्छ त्यसबाट देशमा हाल भइरहने गरेका आर्थिक अनियमितताहरु पनि स्वतः हटेरगई दिगो विकास हुनसक्छ ।
● देशको चौतर्फी र सर्वाङ्गीण विकासका साथै स्वाधिन र स्वतन्त्र अस्थित्वमा रही देशको आफ्नो भूगोल र हावापानी, साँस्कृतिक परम्परा, मौलिकता, जनताको सीप कला अनि रुचि र चाहना अनुसारको अर्थतन्त्र सञ्चालन गरी विकास आयोजनाहरु गरिनु पर्छ स्वदेशी पूँजीको मात्र प्रयोग गरेर आत्मनिर्भर रही देशको विकासमा विदेशी हस्तक्षेपबाट देश पूर्णरुपमा मुक्त हुनु अवश्यक हुन्छ ।

●नेपालको विकास योवनाहरुमा हस्तक्षेपकारी भूमिकामा रहेका विदेशी राजदूतहरु, संयुक्त राष्ट्र संघका अङ्गका प्रतिनिधिहरु, विश्व वैक समूहमा प्रतिनिधिहरु, द्विपक्षीय सहयोग दाता राष्ट्रहरु, विभिन्न राष्ट्रका आइ.एन.जिओ आदिबाट अलग रहेर नेतृत्व र नीति निर्माताह्रुले विकासका कामगर्न सक्नुपर्छ ।
● विकास निर्माणका योजनाहरुमा र खर्चमा गर्ने शेलीमा समेत सुधार गर्नु आजको आवश्यकता भएको विषय हो । देशको भौगोलिक रेखाङ्कनका अनुसार उत्पादन, आवाश, शहरी ,उद्योग व्यापार लगायतका क्षेत्र निर्धारण गरिए अनुसार तत्–तत् क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि प्राथमिकता निर्धारण गरी खर्च गरिनुपर्छ ।
उपरोक्त विकास आयोजनाहरुका सैद्धान्तिक आधार पक्षहरुलाई प्राथमिकता दिई देशको विकासमा बजेटको प्रवाह गरी योजना सम्पन्न गर्नतर्फ देशको नीति बनाइनु उपयुक्त हुन्छ ।
●●●
बिष्णुप्रसाद वाग्ले, दमौली, तनहुँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?