असार ३ बाट दमौलीमा तनहुँ टी २० क्रिकेट प्रतियोगिताः हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा तनहुँ टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । भोली देखि ९ गते सम्म व्यास ५ पाटन स्थित खेल मैदानमा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
सो प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार ट्रफी पदक,द्वितीय पुरस्कार ३० हजार ट्रफी पदक रहेको संघका अध्यक्ष मदन तिमिल्सिनाले जनाकारी दिएका छन् ।
,प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘प्लेयर अफ द सिरिज’, ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, ‘सर्वोत्कृष्ट बलर’, ‘उदीयमान खेलाडी’ लगायतको उपाधी सहित पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषणा गरिने पनि अध्यक्ष तिमल्सेनाले जानकारी दिएका छन् ।
प्रतियोगितामा नौ वटा टिमको सहभागी हुने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्माले जनाकारी दिएका छन् ।
जसमध्ये इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब केशवटार, मन्दाकिनी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसीबी क्रिकेट एकेडेमी चितवन, पेलिकन्स क्रिकेट क्लब र दमौली रिभास क्लब सहभागी हुने बताइएको छ । प्रतियोगिता मंगलबार बिहान ८ बजेबाट सुरू हुने आयोजकले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?