
तनहुँ जिल्ला क्रिकेट संघद्वारा आयोजित अन्तर क्लब टी–२० प्रतियोगिता व्यास नगरपालिका–५, पाटनमा सञ्चालन भइरहेको छ नौ वटा टिम मध्ये चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।
सेमिफाइनल प्रवेश गर्ने टिमहरू महालक्ष्मी क्रिकेट एकेडेमी (समूह A) – दुई खेलमा दुबै जितेर ४ अङ्कसहित सेमिफाइनलमा, बैरेनीक्रिकेट क्लब (समूह B) – एक जित र एक हारसहित २ अङ्कमा रनरेटको आधारमा सेमिफाइनलमा,
पेलिकन्स क्लब (समूह C) – दुई जितसहित ४ अङ्कमा सेमिफाइनलमा र दमौली क्रिकेट क्लब (समूह C) – एक जित र एक हारसहितरनरेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेलहरू पहिलो सेमिफाइनल महालक्ष्मी क्रिकेट एकेडेमी vs पेलिकन्स क्लब र दोस्रो सेमिफाइनल बैरेनी क्रिकेट क्लब vs दमौली क्रिकेट क्लब विच हुने छ । पुरस्कार प्रथम हुने टिमलाई: रु ७५,००० नगद, ट्रफि र मेडल र द्वितीय हुने टिमलाई: रु ३०,००० नगद, ट्रफि र मेडल रहेको छ । प्रतियोगिता असार ९ गतेसम्म सञ्चालन हुनेछ।