
तनहुँ । जिल्ला क्रिकेट संघ तनहुँको आयोजनामा तनहुँको दमौलीमा संचालन भएको क्रिकेट प्रतियोगिताको फाईनल खेल असार ९ गते हुने भएको छ । जिल्ला क्रिकेट संघ तनहुँद्धारा संचालित क्लब स्तरीय त्(द्दण् क्रिकेट प्रतियोगिताको फाईनल खेल ब्यास ५ पाटन खेल मैदान हुने जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिएका छन् । प्रतियोगिताको फाईनल खेल पेलिकान्स् क्रिकेट क्लब व्यास १० र दमौली क्रिकेट क्लब, दमौलीका बिच हुनेछ ।