
तनहुँ । यसो साँझतिर गणेशमानचोक होस् वा भोर्लेटार चोक, साँगे जाने चोक होस् वा अरु चोकतिर बस्नुपर्छ निलो सर्ट र पाईन्ट लगाएका काँधमा झोलाको भारि, आँखामा सपना, शरिरमा प्रशस्त थकान अनि गाडि पाईन्छ पाईदैन घरबाट वाईक, स्कुटर लिएर कोहि लिन आउनुहुन्छ कि आउनुहुन्न भन्ने मनोभावका साथ हातमा मसि लत्पतिएका हातले मोवाईल थिच्दै यताउति हेर्दै बस्ने विद्यार्थीहरुको उल्लेख्य संख्या देखिन्छ । ति विद्यार्थीहरु मुख्यत तनहुँको दमौलीमा रहेको नेपालकै प्रख्यात श्री सत्यवति माध्यमिक विद्यालयका विद्यार्थीहरु रहेका हुन्छन् ।
हेर्दा आहा कति मेहनति शिक्षक, कति राम्रो विद्यालय भनेपनि मानिसको मौलिक हक र अधिकारभित्र पर्ने कुराहरुमा त्यो विद्यालयले कत्तिको चासो दिएको होला ति कुराहरुलाई कसैले वास्ता गरेको पाईदैन । कति घण्टा खाने ? कति घण्टा सुत्ने ? कति घण्टा आराम गर्ने ? कति घण्टा पढ्ने ? एस् ई ई उत्कृष्ट नतिजा ल्याउनुपर्ने अभिभावकहरुले दिएको प्रेसर त छदैछ विद्यालयले दिने प्रेसरका सामु न्युनतम अधिकार र शारिरिक मानसिक आवश्यकताका कुराहरु गौण भएका छन् ।
राम्रो र नेपालकै उत्कृष्ट विद्यालय भन्दैमा सबैकुराहरु छुट दिनुपर्छ भने भिन्न कुरा नत्र त्यहाँ पढ्ने विद्यार्थीका पनि मौलिक हक र अधिकारका कुराहरु होलान्, तिनका शरिरलाई पनि समय समयमा रेष्ट आवश्यकता पर्ला ? विद्यार्थीको पढाई सुधार गर्नुपर्छ भनेर प्रत्येक शनिवार परिक्षा लिदा होला पढाई र विद्यालयले असुल्ने शुल्कबाट विद्यालयको आर्थिक अवस्था बलियो होला तर चौविसै घण्टा पढाई पढाई विद्यार्थीहरुमा पर्ने मनोवज्ञानिक प्रभावतर्फ कसैले सोचेको छ कि शनिवार गरिने परिक्षाका नाममा उठाएको पैसा गन्दैमा ति विद्यार्थीहरुका बारेमा सोच्ने कसैलाई फुर्सद नै हुदैन ? अर्कोकुरा संसारमा कुन अभिभावक होला आफ्ना सन्तान राम्रा भईदिउन् भन्ने नचाहने? कुन अभिभावक होलान् आफ्ना सन्तानका लागि हरतरहले लागि नपर्ने ? ती अभिभावकलाई कस्तो लाग्ला सरकारले निः शुल्क शिक्षा भनेकोछ, आफ्नो नगरपालिकाभन्दा गरिब अन्य पालिकाहरुले निः शुल्क शिक्षा भनेका मात्रै छैनन् लागु पनि गरेका छन् ।
आफुले सन्तान पढाएको विद्यालयले मिटिगं राखेर अब सरकारले बिल काटेर पैसा उठाउन त दिदैन तर पनि तपाईको बच्चाको भविष्य उज्वल बनाउनुछ, त्यसैले तपाईहरुले मुटुमै गाँठो पारेर भएपनि हाँसेर हामीलाई यति रुपैया सहयोग गर्नुपर्छ भन्यो भने ? पैसा तिर्नुभन्दा अरु उपाय नै छैन अभिभावकसग । नेपालमै नाम चलेको स्कुल हो सत्यवति पैसा छ छैन भिन्न कुरा नियम कानुन भिन्न कुरा, विद्यालय व्यवस्थापनमा होईन विद्यालय व्यवस्थापनमा कसरी आफ्नो पार्टीको मान्छे घुसाउन पाईन्छ भनेर संघिय कानुनलाई धोति लगाउदै आफ्नै कानुन बनाउन उद्यत नगरपालिकाका छ भिन्न कुरा अभिभावक आफ्ना सन्तानको भोलिको उज्वल भविष्यको सपना देख्दै जति भन्यो त्यति पैसा तिरिदिन्छ अनि सत्यवति प्रचार गर्छ उत्कृष्ट सामुदायिक विद्यालय ।
न सत्यवतिले कहिल्यै हामीले अभिभावकलाई बालबच्चाको भविष्यको सपना देखाएर ईमोशनल्ली व्याकमेल गरेर यसरी शुल्क असुलेका छौ भनेर बोलेको छ न त व्यास नगरपालिकाले कहिल्यै अभिभावकको मनको पिडा बुझेको छ । विद्यालय व्यवस्थापन समितिमा जानेहरुमध्येमा पनि एकाध बाहेक धरैलाई नयाँ भर्ना खुल्ने बेलामा बोर्डिगं स्कुलसग कसरी डिल गर्ने ? कि स्टेशनरी सामानकै ध्याउन्न छ ।
अनुगमन भनेको नमस्कार खानु, गएर सोफामा बसेर चिया र खाजा खानुमात्र पक्कै होईन होला , करिब ३ हजारको हाराहारीमा विद्यार्थी पढ्ने विद्यालयका न्युनतम मापदण्डहरु सत्यवतिले पुरा गरेको छ कि छैन ? कक्षाकोठा, खेलमैदान, प्रकृतिक विपत्ति आँउदाको लागि आवश्यक स्थान, शौचालय, आजसम्म कसैले अनुममन गरेको छ ? विद्यार्थीलाई शिक्षामा उत्कृष्ट बनाउनुपर्नेमा कुनै दुईमत नै छैन तर उनीहरुका मौलिक हक र अधिकारको बारेमा पनि कोहि लागेको छ ? लागेका छन् त केवल कसरी विद्यालय व्यावस्थापन समितिमा कब्जा जमाउन सकिन्छ, कसरी सत्यवतिमा छिर्न पाईन्छ , स्टेशनरी कहाँबाट ल्याउन पाईन्छ ? शैक्षिक सत्रमा कुन पब्दिकेशनको पुस्तक लगाउन पाईन्छ । आखिर एउटा सामुदायिक विद्यालयमा विद्याको मन्दिरमा छिरेर गर्ने चाँहि के ? शिक्षाको मन्दिरमा राजनीति ? स्टेशनरी ? जागिर ? बच्चालाई त्यहाँ पढाउन ? पब्लिकेशन ? कि अभिभावकलाई चुसेर आफुलाई मन परेका राजनीतिक दललाई विद्यालयकै नाममा रसिद काटेर सहयोग गर्न पाईने भएर हो ?
बजारका चियापसलमा “भएभरका बोर्डिङ्गका टपर विद्यार्थीहरु लगेर राम्रो नतिजा ल्यायौ भन्नुको कुनै अर्थ छैन ” भनेर कुरा काटेपनि सत्यवति मा.वि. अघिल्लो बर्ष सबैले भन्ने गरेको व्यास ३ बिसघरे हालको देउरालीनगरको शिव पान्चायन मा.वि. भन्दा कमजोर नतिजा ल्याएपनि धेरै बर्षहरुमा उत्कृष्ट नतिजा ल्याएकोमा कुनै शंका छैन तर यतिबेला एउटा विद्यार्थीलाई नियतवश कम नम्बर दिएर कमजोर बनाउन खोजिएको चर्चाले बजार गर्माएको छ । कतिले यस्लाई राजनीतिक रंग दिन खोजेपनि, नम्बर दिदाँ पटक पटक केरमेट गरिएको देख्दा नियतवश नै उक्त विद्यार्थीलाई कमजोर कनाउने प्रपन्च रचेर कम नम्बर दिईएको कुरामा कुनै शंका छैन भने विद्यालयकी प्रिन्सिपल र बिषयगत शिक्षकको मिलेमतो विना यो कदापि सम्भव भएको छैन ।
होला ति विद्यार्थी कुनै समय प्रथम कुनै समय द्धितिय हुने गरेको भए त यस बर्ष द्धितिय भईन् के बिग्रियो र ? भन्न सकिन्थ्यो तर सधै सबैकुरामा अब्बल नतिजा ल्याउने ति विद्यार्थीालाई मानसिक रुपमा आघात पुर्याएर कमजोर देखाउने, आफुभन्दा अर्को राजनीतिक आस्था राख्ने ति विद्यार्थीका अभिभावकलाई देखिस् त हामीले चाह्यौ भने के गर्दा रहेछौ ? भनेर देखाउने भावनाबाट ग्रसित मनोविज्ञान र पुरै प्रिप्लानबाट उनीभन्दा कमजोर विद्यार्थीहरुभन्दा कम नम्बर दिईएको छ ।
यसबर्षको सत्यवतिको एसईई प्रकरणले केहिलाई त ति बालिका असाध्यै ट्यालेन्ट हुनुको कारणले आफ्नो मनमा जागेको कुण्ठा त साम्य भयो होला तर त्यसले भविष्यमा ठुलो असर गर्नेछ आज जानाजान ति विद्यार्थीमाथि मानसिक क्षति पुर्याउनेले भोलि जोसुकैका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न सक्नेछन् । त्यसैले सत्यवतिले छिटोभन्दा छिटो हामी नेपालकै उत्कृष्ट विद्यालय हौ भनेर होईन कि उक्त प्रकरणमा संलग्नहरुलाई कारवाही गरि ति बिद्यार्थीलाई परेको मानसिक आघातको सम्बोधन गर्नुपर्नेछ किनकी विद्यालयलाई विद्यालयकै रुपमा चल्न दिनुपर्छ नकि कुनै राजनीतिक दलको कार्यालय न त कुनै कुण्ठा पोख्ने स्थानको रुपमा ।