गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यमा तनहुँकी केशमाया (केशु) गुरुङ मनोनित

सर्वज्योति
  • ख-
  • ख+

गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषद्मा बोर्डको सदस्यमा तनहुँ जिल्लाकी केशमाया (केशु) गुरुङलाई मनोनयन गरिएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार आयोजित शपथग्रहण कार्यक्रममा गुरुङलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो।

शपथग्रहण समारोहमा मन्त्री थापाले खेलकुदको प्रवर्द्धनमा सक्रिय भूमिका निभाउँने, खेलको विकास युवा परिचालनमा उहाँको योगदान उल्लेखनीय रहने बताउनु भयो

गण्डकी प्रदेश सरकारको असार ३० गतेको निर्णय अनुसार गुरुङ मनोनित भएकी हुन् केशु गुरुङको मनोनयनसँगै तनहुँबाट खेलकुद क्षेत्रमा प्रतिनिधित्व प्रदेश स्तरमा भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?