अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जापानसँग बृहत् व्यापार सम्झौता भएको घोषणा

सर्वज्योति
  • ख-
  • ख+

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो।
सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताएका हुन्।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले त्यस्तो सम्झौताको स्वागत गरेका छन् तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताएका छन्।
जापानका मुख्य व्यापार वार्ताकार रायोसी आकाजावाले एउटा फेसबुक पोस्टमा मिसन पूरा भएको ह्यासट्यागसहित ह्वाइट हाउसको भ्रमण गरेको उल्लेख गरेका छन्।
सम्झौताबारे विस्तृत जानकारीका लागि बीबीसीले वासिङ्टनस्थित जापानी दूतावाससँग सम्पर्क गरेको छ।
मैले भर्खरै इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, मलाई लाग्छ जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता भएको छ, ट्रम्पले मङ्गलवार साँझ ह्वाइट हाउसमा आयोजित एउटा कार्यक्रममा भने।
उनीहरूका वरिष्ठ मानिसहरू यहाँ थिए र हामीले यसबारे लामो र कठिन काम गर्‍यौँ। यो सम्झौता सबैका लागि ठूलो कुरा हो। म जहिले पनि भन्छु सहमति सबैपक्षका लागि ठूलो हुनुपर्छ। यो ठूलो सम्झौता हो, उनले थपे।
ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार सम्झौता पनि बुधवार घोषणा हुने र चाँडै नै अन्य सम्झौता हुने बताएका छन्।
बीबीसीले व्यापार सम्झौताको विस्तृत विवरणका लागि ह्वाइट हाउससँग सम्पर्क गरेको छ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार पत्रकारहरूसँग बोल्दै भनेस् वार्ताको परिणामलाई कुन अर्थमा बुझ्ने भन्ने सन्दर्भमा वार्ता र सम्झौताको विस्तृत विवरण सावधानीपूर्वक जाँच नगरेसम्म म यस विषयमा छलफल गर्न सक्दिनँ।
यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीहरूको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
यो एप्रिल २ तारिखमा लिबरेसन डे भनेर ट्रम्पले देशमा हुने आयातहरूमा विभिन्न अतिरिक्त शुल्कहरू लागु गर्ने घोषणा गर्दाको समयमा जापानलाई लगाइने भनिएको २४ प्रतिशतको दरभन्दा एक अङ्कले बढी थियो।
विश्वभरिका धेरै अमेरिकी व्यापारिक साझेदारहरूलाई अतिरिक्त कर लगाइने घोषणा गरिएको एप्रिलको ट्यारिफ योजना विश्वव्यापी बजार उथलपुथल भएपछि ९० दिनका लागि रोकिएको थियो। जसले टोकियोका व्यापार प्रतिनिधिहरूलाई वासिङ्टनमा आफ्ना समकक्षीहरूसँग वार्ता गर्न समय दिएको थियो।
टोकियोमा जापानको बेन्चमार्क शेअर सूचकाङ्क निक्केई २२५ बुधवार बिहान २.५ प्रतिशत भन्दा बढीले बढेको थियो।
प्रसारण संस्था एनएचकेले जापानी कार निर्माता कम्पनी माथिको विद्यमान कर कटौती हुने जानकारी दिएपछि टोयोटा, निसान र होन्डाजस्ता विशाल मोटर उद्योगका शेअर मूल्यले ठूलो फड्को मारेका थिए।
प्रधानमन्त्री शिगेरु इशिबाले पछि देशका कार निर्माताहरूले अब अमेरिका निर्यात गर्दा २५५ को साटो १५५ तिर्नु पर्ने बताए।
जापानको संसदको माथिल्लो सदनको चुनावमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएपछि प्रधानमन्त्री शिगेरु इशिबालाई पदबाट हट्न दबाव परिरहेका बेला यो सम्झौता भएको हो।
एलडीपीले गत वर्ष नै जापानको शक्तिशाली तल्लो सदनमा आफ्नो बहुमत गुमाइसकेको थियो।
विविसि नेपाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?