तनहूँ । जिल्ला स्वास्थ्य कार्यालय तनहूँको आयोजनामा कोभिड १९ रोग विरुद्ध खोप दिने स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम गरियो । जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकर अधिकारीको अध्यक्षता उक्त कार्यक्रम आयोजना भएको थियोे । उक्त अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्रमुख अधिकारीले सरकारको नीति नियम अन्तर्गत रहेर स्वास्थ्यकर्मीले खोप लगाईदिनु पर्ने बताउनुभएको थियो । साथै वहाँले अभिमुखिकरण कार्यक्रम बाट अझै आफ्नो सेवामा निखार ल्याउनुपर्ने बताउनुभएको थियोे ।
कार्यक्रममा फागुन २८ गतेदेखि चैत्र २ गतेसम्म संचालन हुने खोप अभियानमा तनहूँका म्याग्दे , ऋषिङ्ग, घिरिङ्ग गाँउपालिका र शुक्लागण्डकी र भिमाद नगरपालिकामा रहेका खोप केन्द्रका २८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहूँका खोप अधिकारी बिरेन्द्र कुमार चौधरीले स्वास्थ्यकर्मीलाई लाई प्रशिक्षण दिनु भएको थियो ।
खोप लगाउने काम आफुले जानिरहेको भएपनि अभिमुखिकरण कार्यक्रमबाट कोभिशिल्ड खोपको बारेमा धेरै जान्ने अवसर भएको र अझ सहज भएको भिमाद उक्त कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा दमौली अस्पतालका मेडिकल अफिसर डक्टर सिन्चन पाण्डे , टि बि ल्याप्रोसि अफिसर कृष्णप्रसाद सुवेदी, लेखापाल कृष्ण न्यौपाने, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।














