मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मेष राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा । शुक्र २३ गतेसम्म सन्तान भावमा र २४ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति पराक्रम भावमा । शनि खर्च भावमा । मङ्गल व्यापार भावमा गोचर गरिरहेका छन् । मेष राशि भएका व्यक्तिहरुका लागी यो महिना राम्रो रहेको छ । महिनाभर नै सूर्य, बृहस्पति, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । यात्रा, मनोरञ्जन तथा भेटघाटमा समय व्यातित हुनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा तथा खाद्यान्न व्यवसायी तथा गरगहनाको व्यापार गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक लाभ हुनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ। महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । सवारी साधनमा यात्रा वा फाली फलामको काम गर्दा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि स्वगृह, उच्च तथा ३, ६ , ११ भावमा बलवान मानिनेछ र शुभ फल प्राप्त हुनेछ ।
वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो)- वृष राशि हुनेहरूका लागी सूर्य विद्या भावमा । बुध १६ गतेसम्म सन्तान भावमा र १७ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र २३ गतेसम्म सुख भावमा र २४ गतेबाट सन्तान भावमा । बृहस्पति धन भावमा । शनि लाभ भावमा । मङ्गल प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । स्वास्थ्य सम्बन्धी समस्या जस्तै पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । तर पनि बुध, शुक्र तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफूभन्दा ठुला व्यक्तिसँग भेटघाट हुने तथा आशीर्वाद प्राप्त हुनेछ। प्रतिस्पर्धा भावमा मङ्गलको गोचर र लाभ भावमा शनिको गोचर अत्यन्त फलदायी रहनेछ । वादविवाद तथा नोकरीमा हुने प्रतिस्पर्धामा अग्र स्थानमा तपाईँको नाम आउनेछ । निर्माण सामाग्री, अटोपार्टस, सवारी साधनको खरिद बिक्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग रहेको छ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – मिथुन राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध १६ गतेसम्म सुख भावमा र १७ गतेबाट सन्तान भावमा । शुक्र २३ गतेसम्म पराक्रम भावमा र २४ गतेबाट सुख भावमा । बृहस्पति राशिमा । शनि राज्य भावमा । मङ्गल सन्तान भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । विद्या तथा सन्तान भावमा मङ्गलको प्रतिकुल गोचरका कारण अध्ययनमा बाधा तथा सन्तानसँग मतभेद बढ्नेछ । तर पनि बुध, शुक्र, बृहस्पति र शनिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस्, सवारी साधनको खरिद बिक्री, गरगहना तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । बैक तथा वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अग्रजहरूबाट शुभ आशीर्वाद प्राप्त हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- कर्कट राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध १६ गतेसम्म पराक्रम भावमा र १७ गतेबाट सुख भावमा । शुक्र २३ गतेसम्म धन भावमा र २४ गतेबाट पराक्रम भावमा । बृहस्पति खर्च भावमा । शनि भाग्य भावमा । मङ्गल सुख भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीति तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा साझेदारसँग गरिने व्यवसायबाट राम्रो आम्दानी हुनेछ । धार्मिक वस्तुको व्यापार तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अधिकांश समय खानपान र यात्रामा व्यातित हुनेछ । अग्रजहरूबाट शुभ आशीर्वाद प्राप्त हुनेछ । तर पनि सुख भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले आमासँग मतभेद बढ्ने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । छाती सम्बन्धी समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ । सवारी साधनमा लामो दुरीको यात्रा गर्दा भने ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- सिंह राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध १६ गतेसम्म धन भावमा र १७ गतेबाट पराक्रम भावमा । शुक्र २३ गतेसम्म राशिमा र २४ गतेबाट धन भावमा । बृहस्पति लाभ भावमा । शनि कष्ट भावमा । मङ्गल पराक्रम भावमा गोचर गरिरहेका छन् । सिंह राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । अढैया शनिको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि शुक्र, बुध, बृहस्पति र मङ्गलको अनुकूल प्रभावले होटेल तथा रेस्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । खाद्यान्न, लत्ताकपडा, गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । पारिवारिक मिलन, ठुलाबडाको आशीर्वाद तथा शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखन, कला तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ ।परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)- कन्या राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध १६ गतेसम्म राशिमा र १७ गतेबाट धन भावमा । शुक्र २३ गतेसम्म खर्च भावमा र २४ गतेबाट राशिमा । बृहस्पति राज्य भावमा । शनि व्यापार भावमा । मङ्गल धन भावमा गोचर गरिरहेका छन् । राशि वा शिरमा सूर्यको प्रतिकुल प्रभाव रहने हुनाले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । कुटुम्ब वा धन भावमा गोचर गर्ने मङ्गलले धन सम्पत्ति फस्ने र आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । शरीरमा घाउ खटिरा तथा उपचार खर्च बढ्ने योग रहेको छ । व्यापार भावमा शनिको गोचरले व्यावसायिक कामहरू ढिला सम्पन्न हुने तथा साझेदारहरू बिच फाटो आउन सक्छ । तर पनि बुध, शुक्र, बृहस्पतिको प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । खाद्यान्न, कपडा, गरगहना, अटोपार्टस, सवारी साधनको खरिद बिक्री, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)- तुला राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशिमा । शुक्र २३ गतेसम्म लाभ भावमा र २४ गतेबाट खर्च भावमा । बृहस्पति भाग्य भावमा । शनि प्रतिस्पर्धा भावमा । मङ्गल राशिमा गोचर गरिरहेका छन् ।खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले प्रशासनिक काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । शिरमा मङ्गलको प्रतिकुल प्रभावले चोटपटकको भए रहनेछ भने सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापार भावमा शनिको गोचरले व्यापारमा मन्दी तथा साझेदारहरू बिच मनमुटाब बढ्ने योग रहेको छ । तर पनि बुध, शुक्र, बृहस्पति र शनिको शुभ प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक मिलन, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । प्रतिस्पर्धा भावमा शनिको शुभ गोचरका कारण खाद्यान्न, गरगहना, अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ । राजनीतिमा पद प्राप्तिको गतिलो योग रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – वृश्चिक राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध १६ गतेसम्म लाभ भावमा र १७ गतेबाट खर्च भावमा । शुक्र २३ गतेसम्म राज्य भावमा र २४ गतेबाट लाभ भावमा । बृहस्पति कष्ट भावमा । शनि सन्तान भावमा । मङ्गल खर्च भावमा गोचर गरिरहेका छन् । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा शुक्रको अनुकूलताले निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । खाद्यान्न, गरगहना, सवारी साधनको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । पारिवारिक मिलन हुने, ठुलाबडाको आशीर्वाद अगाडी बढ्न प्रेरणा मिल्नेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि खर्च भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न । कष्ट भावमा गोचर गर्ने बृहस्पति र सन्तान भावमा गोचर गर्ने शनिको प्रतिकुल गोचरले महिनाको तेस्रो साताबाट सन्तान तथा पारिवारिक सदस्यसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सन्तानसँग मतभेद बढ्ने तथा पेट सम्बन्धी समस्या बढ्ने हुनाले ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- धनु राशि हुनेहरूका लागी सूर्य राज्य भावमा । बुध १६ गतेसम्म राज्य भावमा र १७ गतेबाट लाभ भावमा । शुक्र २३ गतेसम्म भाग्य भावमा र २४ गतेबाट राज्य भावमा । बृहस्पति व्यापार भावमा । शनि सुख भावमा । मङ्गल लाभ भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना धनु राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरू सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतिको गतिलो योग रहेको छ । बृहस्पतिको अनुकूल प्रभावले घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरूका लागी समय राम्रो रहेको छ । पति पत्नी बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ । कला साहित्य तथा गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरूका लागी समय उत्तम रहेको छ । मातापिता तथा अग्रजबाट आशीर्वाद तथा सहयोग पाइनेछ । मङ्गल ग्रहको प्रभावले पराक्रमी क्रियाकलाप भाग लिनेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन्। तर पनि शनिको अढैयाको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- मकर राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध १६ गतेसम्म भाग्य भावमा र १७ गतेबाट राज्य भावमा । शुक्र २३ गतेसम्म कष्ट भावमा र २४ गतेबाट भाग्य भावमा । बृहस्पति प्रतिस्पर्धा भावमा । शनि पराक्रम भावमा । मङ्गल राज्य भावमा गोचर गरिरहेका छन् । भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा मन्दी आउनेछ । धार्मिक यात्रामा केही असहज परिस्थितिको सामान गर्नुपर्नेछ । रोग भावमा बृहस्पतिको प्रतिकुल प्रभावले स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्नेछ । तर पनि बुध, शनि तथा शुक्र ग्रहको अनुकूल प्रभावले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायिक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । सवारी साधनको खरिद बिक्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि महिना शुभ रहेको छ भने लगन गाँठो कसिने योग रहेको छ । आफन्त तथा दाजुभाइको सहयोग रहनेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । पारिवारिक मिलन, यात्रा, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)- कुम्भ राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध १६ गतेसम्म कष्ट भावमा र १७ गतेबाट भाग्य भावमा । शुक्र २३ गतेसम्म व्यापार भावमा र २४ गतेबाट कष्ट भावमा । बृहस्पति विद्या भावमा । शनि धन भावमा । मङ्गल भाग्य भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको सामु कमजोर उपस्थिति रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । भाग्य भावमा मङ्गलको कारण सवारी साधनको प्रयोग गर्दा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला । अनावश्यक खर्च बढ्ने तथा विदेश जान खोज्दा रुपैयाँ पैसा फस्न सक्छ ख्याल गर्नुहोला । शनिको अन्त्य अढैयाशनिको प्रभावले श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तापनि बृहस्पति, बुध, शुक्रको अनुकूल प्रभाव रहनाले मौसमी सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । खाद्यान्न, कपडा, गरगहना, सवारी साधन, निर्माण सामाग्री, अटोपार्टस तथा खनिज पदार्थजस्ता समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पत्तिको प्रयोग परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । पारिवारिक मिलन तथा बिछोड, यात्रा, खानपानमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- मीन राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध १६ गतेसम्म व्यापार भावमा र १७ गतेबाट कष्ट भावमा । शुक्र २३ गतेसम्म प्रतिस्पर्धा भावमा र २४ गतेबाट व्यापार भावमा । बृहस्पति सुख भावमा । शनि राशिमा । मङ्गल कष्ट भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा व्यापार भावमा गोचर गर्ने सूर्य र बुधको अनुकूल प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन रहनेछ । छोटो वा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा आफन्त तथा साथीहरूसँग सहभागी भई मिठा परिकार खादै रमाइलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशीर्वादले अगाडी बढ्न प्रोत्साहन गर्नेछ । पढाइ लेखाइ सुधार भएर जानेछ भने कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । बृहस्पति तथा शुक्रको अनुकूल प्रभावले शैक्षिक सामाग्री, स्वास्थ्य सामाग्री, खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरू सुचारु गर्न सकिनेछ । निर्माण सामाग्री, अटो पार्टस तथा इन्जिन, ठेक्कापट्टा तथा राज्यसँग नजिक भएर गर्ने कामबाट प्रस्तुत आम्दानी हुनेछ । लेखन तथा साहित्यको क्षेत्रमा बाकी रहेका कामहरू पूरा गर्न सकिनेछ । लामो दुरीको साङ्गीतिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने तथा कर्म प्राप्तिको लागी विदेश यात्रा हुने योग रहेको छ । तर पनि कष्ट भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । घरजग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ । शरीरमा घाउ तथा खटिरा आउने तथा स्वास्थ्य सम्बन्धी समस्या बढ्नेछ । महिना भरिनै शनिको मध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि स्वगृह, उच्च तथा ३, ६ , ११ भावमा बलवान मानिनेछ र शुभ फल प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
दुर्गा प्रसाद भण्डारी








