तनहूँ । स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले आज तनहूँ जिल्लाका विभिन्न स्थानहरुका खोप केन्द्रमा संचालित कोभिड १९ रोग विरुद्ध खोप कार्यक्रमको अनुगमन गर्नुभएको छ । उक्त अनुगमन कार्यक्रममा स्वास्थ्य कार्यालय तनहूँका खोप अधिकारी बिरेन्द्र कुमार चौधरी, लेखापाल कृष्ण न्यौपाने सहभागी हुनुहुन्थ्यो । उक्त टोलीले आबु खैरेनी गाँउपालिका केन्द्र, तनहूँ सजिल्लाको विकट आबु खैरेनी गाँउपालिका वडा नं. ५ छिम्केश्वरी स्वास्थ्य चौकी लगायतका स्थानहरुमा कोभिड खोप लगाउने कार्यक्रमको अनुगमन गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख अधिकारीले छिम्केश्वरी जस्तो विकट स्थानमा स्वास्थ्यकर्मीहरुले उच्च मनोवलका साथ काम गरेर सेवा प्रदान गरेको बताउनुभएको थियो ।
उक्त अवसरमा स्वास्थ्य कार्यालय तनहूँका खोप अधिकारी बिरेन्द्र कुमार चौधरीले स्वास्थ्यकर्मीहरुलाई के कस्तो समस्या छ मानिसहरुमा के कस्ता समस्याहरु देखिएका छन् त्यस बारेमा जानकारी लिने र ति समस्याका बारे बिचार विर्मश गर्नुभएको थियो ।
उक्त अवसरमा छिम्केश्वरी स्वास्थ्य चौकीकी ईन्चार्ज सुजाता गुरुगंले मानिसहरुमा कोरोना विरुद्ध खोप लगाउनुपर्छ भन्ने भावना विकास भएको हुनाले धेरै मानिसहरुलाई खोप लगाईएको बताउनुुभएको थियो ।
यस चरण अन्र्तगत ६५ बर्ष भन्दा माथिका बृद्धबृद्धालाई कोरोना विरुद्धको खोप नजिकका खोप केन्द्रहरुमा लगाईदैछ ।















