काठमाडौं । आफ्नो जीवनभर मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको अकल्पनीय निधन भएको छ । चित्रकार दम्पती र उनका साथीहरू
मुस्ताङ भ्रमणको शिलशिलामा सुतिरहेकै अवस्थामा चैत्र २३ गते सोमवाबार बिहान एक्कासी हृदयघाट बाट निधन भएको हो। उनलाई हृदयघात पश्चात अस्पताल पुर्याउने क्रममा मृतक घोषित गरिसकेको थियो। उनको पार्थिव शरीर एम्बुलेन्स मध्यरातमा काठमाडौंमा आइपुगेको थियो ।
भाषासेवी, शिक्षाविद् तथा नेपालभाषा क्षेत्रमा चर्चित रहेका विष्णु चित्रकार भुतपूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनार्लका ससुरा दाई समेत हुनुहुन्छ । उनको अन्तिम श्रद्वाञ्जली मंगलबार बिहान ८ बजेदेखि १० सम्म जगत सुन्दर ब्वनेकुथिमा गरिएको कार्यक्रममा शोक वक्तव्य प्रस्तुत गरिएको थियो ।
नेकपा एमाले नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र राजेकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका भुतपुर्व मेयर विद्या सुन्दर शाक्य, मल्ल के सुन्दर, डा. महेशमान श्रेष्ठ, युवा नेता सुमन साय्मी, नेवाः देय् दबूका भर्खरै मात्रै अध्यक्ष रहनु भएका रश्मिला प्रजापति, देय् दबूका भुतपर्व अध्यक्ष पबित्र बज्रार्चाय, डा. चुन्दा बज्रार्चाय लगायतले उनको पार्थिव शरीरमा पुष्प गुच्छा अर्पण गर्दै उनले नेपालको राजनैतिक तथा भाषिक तथा समाजमा सेवा दिइएको योगदानको चर्चा गर्नु भएको थियो ।
एक मात्र सन्तानका पिता रहनु भएको चित्रकारको धर्मपन्ती विध्या चित्रकार हुन् । उनको अन्तिम संस्कार काठमाडौंको शोभा भगवतीस्थित कर्णदीपमा नेवाः परम्परा अनुसार मंगलबार गरिएको थियो ।
नेवाः आन्दोलनका अग्रज, नेपाल संबतका अभियन्ता, भाषासेवी, आदिबासी नेवाः राजजनैतिक अभियानका संस्थापक सदस्य, जगत सुन्दर ब्वनेकुथि संस्थापक समेत हुनुहुन्थ्यो ।
नेपाल लिपि युनिकोड दर्ताका लागि समेत अतुल्नीय योगदान दिनु भएका चित्रकारको निधनले नेपालभाषा क्षेत्रमा अहिले ठूलो बज्रपात परेको छ ।









