तनहुँ २ को बिकासका लागि सधै लागिपर्ने सांसद न्यौपानेको प्रतिवद्दता

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं ।बैशाष ५ गते शनिवार । तनहुँ–काठमाडौं पश्चिम भेगीय समाज काठमाडौंको आयोजनामा चन्द्रागिरी १३ पुरानो नैकापमा
नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण खत्री विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद न्यौपानेले कर्मथलो काठमाडौं भए पनि जन्मभूमि तनहुँको विकासका लागि आफू सधैँ प्रतिबद्ध भएर लागिरहनु पर्ने बताएका थिए। उनले तनहुँबाट काठमाडौंमा बसोबास गर्ने समुदायबीच एकता, सहयोग र आपसी सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले काठमाडौंमा बसोबास गर्दै आए पनि तनहुँको विकास, सामाजिक उन्नति तथा तनहुँबाट राजधानीमा बसाइँसराइ गरी आएका नागरिकहरूको हितमा संस्थागत सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन समाजका सचिव उद्दवराज कट्टेलले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?