शुक्लागण्डकी र भिमाद नगरालिकामा सांसद- जनसंवाद कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ को शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिका मा सांसद–जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।

जनताका समस्या, आवश्यकता तथा विकास निर्माणका प्राथमिकता प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले तनहुँ-२ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपाने आयोजना  गर्नुभएको कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनासम्बन्धी विषयहरू उठान गर्दै योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए। सांसदसँग प्रत्यक्ष रूपमा आफ्ना कुरा राख्न पाउँदा सर्वसाधारण नागरिकहरू उत्साहित र खुसी देखिएका थिए।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित ले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले विकासका वास्तविक आवश्यकता पहिचान गर्न सहयोग पुग्ने बताउँदै सांसद न्यौपानेको पहलको प्रशंसा गर्नुभयो। त्यस्तै भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी ले जनभावना समेटेर योजना निर्माण गर्ने अभ्यासले स्थानीय विकासलाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद- जनसंवाद कार्यक्रमका आयोजक सांसद न्यौपानेले विकास निर्माणका योजनाहरूलाई “पावर ब्याक” का रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो। जनताबाट प्राप्त सुझाव र मागहरूलाई प्राथमिकताका आधारमा सम्बन्धित निकायमार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनप्रतिनिधि र नागरिकबीचको निरन्तर संवाद नै प्रभावकारी विकासको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्