कोभिड १९ रोग विरुद्ध खोप कार्यक्रम तनहूँ – पछिल्ला केहि झलकहरु

  • ख-
  • ख+

तनहूँ । कोरोनाको महामारीको खोे निर्माण भए पश्चात नेपालभर नेपाल सरकारको प्राथमिकताका आधारमा खोप लगाईदैछ त्यसैक्रममा तनहूँ जिल्लाका विभिन्न पालिकाहरुमा ६५ बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई खोप लगाईदै आईएको छ । उक्त खोप केन्द्रहरुमा के कस्तो छ त स्वास्थ्यकर्मीहरुको कामकारवाही र सेवाग्राहीले के कस्तो सेवा पाईरहनुभएको छ भनेर दैनिकजसो स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारी, स्वास्थ्य कार्यालय तनहूँका खोप अधिकारी बिरेन्द्र कुमार चौधरी र लेखापाल कृष्ण न्यौपाने अनुगमनमा हिडिरहनुभएको छ । विभिन्न स्थानहरुमा पुग्दा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य कार्यालय तनहूँका प्रमुख अधिकारीले स्वास्थ्यकर्मीहरुले उच्च मनोवलका साथ काम गरेर सेवा प्रदान गरेको बताउनुभएको थियो । भने स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिम प्रदान पश्चात अझ दक्ष बनेर काम गरेको पाएको स्वास्थ्य कार्यालय तनहूँका खोप अधिकारी बिरेन्द्र कुमार चौधरीले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्