दमौली अस्पतालले भर्ना नलिदा संक्रमितको मृत्यु भएको भन्ने घटना बारे छानबिन गर्न विवेकशील साझा पार्टीको माग

  • ख-
  • ख+

अस्पताल आँफै तयार भएर बस्नुपर्ने हो कि बिरामीले अग्रिम खबर गर्नुपर्ने हो ?” विवेकशील साझा पार्टीले प्रश्न गरेको छ ।

तनहूँ । विवेकशील साझा पार्टी तनहूँले भानु नगरपालिका १ का वृद्धले उपचार नपाएर मृत्युवरण गर्नपरेको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक सागर घिमिरेले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गरेर घटनाको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यसलाई चरम सरकारी लापरवाही र मेडिकल अपराध भएको ठोकुवा गर्नुभएको छ ।

कोरोना संक्रमित व्यक्ति श्वास फेर्न अफ्ठेरो भई अस्पताल जाँदा अस्पतालमा भेन्टिलेटरसहितको बेड हुँदा हुँदै दुई तीन घण्टासम्म उपचार नपाएर छटपटिएर मर्नु अस्पतालको लापरवाही भएको विज्ञप्तिमा जनाइएको छ ।

“बिरामीले खबर नगरी आएकोले भर्ना गर्न नसकिएको भन्नेजस्तो गैरजिम्मेवारीपूर्ण जवाफ अस्पतालबाट आएको छ। अब हाम्रो प्रश्न छ यस्तो अवस्थामा अस्पताल आँफै तयार भएर बस्नुपर्ने हो कि बिरामीले अग्रिम खबर गर्नुपर्ने हो ?” विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा यो परिस्थितिसँग जुध्न विवेकशील साझा पार्टी सरकार वा सम्बन्धित पक्षलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ ।
उक्त प्रकरणको बारेमा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनामा अस्पताल प्रशासनको कुनै दोष नभएको बताउनुभएको छ ।


सम्बन्धित समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?