तनहूँ । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले होम आइसोलेशनबाट प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिमा उहाँले ”दमौली अस्पतालले बिरामीको उपचार गर्न नमानेकोले बिरामीको एम्बुलेन्समा नै मृत्यु भएको खबरले हाम्रो ध्यान गम्भिररुपले आर्कषक भएको छ । यस घटनाको सत्थ तथ्य आम नागरिकलाई गराउनुपर्ने अवस्था समाचारपछि महसुस गरि प्रेस वक्तव्य जारी गरिएको छ ।” साथै विज्ञप्तिमा अगाडि ” भानु नगरापालिका वडा नं. १ निवासी शम्भुलाल श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएकोले पोखरा महानगरपालिकामा अवस्थित ओम अस्पतालमा गई चेक जाँच गरेको र अस्पतालले केश सिरियस भएकोले भर्ना भई उपचार गर्नुपर्छभन्दा भन्दै पनि बिरामी अस्पतालमा भर्ना नभै घर फर्कि आएको ओम अस्पतालको कार्डमा उल्लेख छ । घरमा आएर बसेका बिरामी २५ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल आउदा ईमरजेन्सिमा राखेर उपचार गरिएको र बिरामीघरमा आईसोलेशनमा बस्ने गरि गएको अस्पतालको ईमरजेन्सि रेकर्डमा देख्न सकिन्छ ।”
साथै विज्ञप्तिमा अगाडि लेखिएको छ ” २६ गते उक्त बिरामी बिना अक्सिजन आएको र डाक्टर पोष्टमार्टमको लागि लाशघरमा भएको कारण पिपईि लगाएर एम्बसलेन्समा नै चेकअप गरि अक्सिजनको मात्रा कम भएकोले अक्सिजन लगाई दिउसो करिब १ः३० बजे पोखरा पठाईएको थियो । पोखरा जादै गर्दा बाटोमा नै मृत्यु भएपछि एम्बुलेन्स फर्काई पुन: अस्पतालमा ल्याएपछि डक्टरद्धारा चेकजाँच गरेपश्चात मृत घोषित गरिएको विज्ञप्तिमा भनिएको छ । घटनाको सत्यतथ्य नबुझिकन भ्रम छरिएकोमा सत्यतथ्यको पछि लाग्न पनि विज्ञप्तिमा अपिल गर्दै अस्पतालले कोभिड १९ का बिरामीलाई भर्ना लिन थालेको ” पनि जनाईएको छ ।










