व्यास नगरपालिकाको निर्णय प्रति अभिभावकको आपत्ति

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी छनोट गर्नको लागि नयाँनियम ल्याएसगै त्यस्को सर्मथन तथा विरोधमा स्वरहरु सुनिएका छन् यसै प्रसंगमा एकजना अभिभावक -पोष्ट मान श्रेष्ठ (सन्त मान), ब्यास २ दमौलीले यस्तो निर्णयले आफुले बिद्यालयको सेवा गर्ने भावमा ठुलो तगारो बाँधेको बताउनुभएको छ उहाँको भनाई जस्ताको तस्तैः

”बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने इच्छा भन्दा मैंले बिभिन्न उपसमिति संयोजक र मुल्यांकन संयोजक भै गरेका कामको निरन्तरता प्रतिको मायाले गर्दा अध्यक्ष पदको उम्मेदवार बन्न बाट बन्चित गरियो। निर्ममता पुर्वक मारिएको महसुस भएको छ।।SEE नतिजा सार्वजनिक भएकोले अब हामी बिद्यालयका अभिभावक भएनौ, बच्चाको SEE Certificate नलिदै र कक्षा १२ को परीक्षा नहुहै झन्डै ८०० जना बिधार्थीको अभिभावक हुनबाट बन्चित बनाएको छ। अभिभावक हैन भन्ने Online Class 11 को भर्ना हुनु भनेको छ। कस्तो रमिताको निणर्य बनाएको छ, ब्यास नगरपालिका र शिक्षा इकाइ प्रमुखज्यूले ? कुन केन्द्रीय शिक्षा नियमावलीमा लेखिएको छ र SEE र 12 Class को बिद्यार्थी होइन वा अभिभावक हुन पाइदैन भनेर ?

निस्वार्थ सामाजिक काम गर्न प्रेरित हुन जब सत्यवती माध्यमिक विद्यालयमा छोराको भर्ना भै अभिभावक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु बिच तत्कालीन बि,ब्य,स अध्यक्ष आदर्णीय रामचन्द्र न्यौपाने, प्र.अ. इन्द्र प्रसाद पौडेल र सा. प्र. अ. राजेन्द्र प्रसाद खनाल को उपस्थितिमा सम्पन्न हुँदा म मा केही अनुभव देखाइ सत्यवती मा. बि. मा कुनै समितिमा आउन प्रेरणा दिने सा. प्र. अ. राजेन्द्र प्रसाद खनाल ज्युबाट भए अनुरुप शिक्षक अभिभावक संघका अध्यक्ष प्रदीप अधिकारी नेतृत्व मा सदस्यमा निर्वाचित जिम्मेवारी लिदै बि. ब्य. स. अध्यक्ष संग शिक्षा इकाइ कार्यालयमा बसेर टेक्निकल९प्राबिधिक० शिक्षक छनोटमा समेत सहभागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने मौका पाइयो। अर्को बर्ष बि. ब्य. स. अध्यक्ष आदर्णीय सुर्य देशभक्त अधिकारीको नेतृत्वमा सदस्यमा निर्वाचित जिम्मेवारी पाइयो र निरन्तर बिभिन्न उपसमिति संयोजक एवं मुल्यांकन समिति संयोजक हुदै काम गर्ने अधिकार अध्यक्ष, समिति र शिक्षकहरुबाट विशेष सहयोग सहित, नमुना बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि, सुरक्षाको दृष्टिकोणले क्यामेराको प्रत्यक्ष निगरानीमा रहन ECD कक्षा, सि,सि टिभी,Smart टिभी, भौतिक निर्माण, चिप्स मार्वल, फर्निचर निर्माण, मर्मत, दुई वटा LAB बिस्तार, स्वच्छ पिउने पानीको निर्माण, स्टोर कोठा निर्माण, पिउने पानीको संरक्षण ट्रस एवं Safety Railling निर्माण, जिन्सि खरिद, बिक्री, मर्मत, Computer- Desktop, Laptop खरिद लगायत काममा संयोजक एवं मुल्यांकन संयोजक रहि काम गरेको अनुभव ताजा नै छ।। पछिल्लो समय देशकै उत्कृष्ट प्रबिधियुक्त बिद्यालय बनाउन सि. सि. टिभी ४३ वटा लगाउने, फर्निचर कुर्ची, टेवल निर्माण, महत्वपूर्ण प्रबिधि Internet प्रत्येक कोठामा Smart TV र intercom System, Smart board, CCTV जडानको लागि र गेटमा भिडियो हाजिर हुने गरि Planning इस्टमेट माग एवं भविष्यमा पुरै स्कुल कोठा, भर्याङ,प्यासेज, ग्राउन्ड,गेट र PTZ camera दुई वटा Covid- 19 लाइ मध्य नजर गरि नयाँ प्रबिधी भिडियो हाजिर System को पनि तयारी भइरहेको छ।। सामुदायिक विद्यालय व्यवस्थापन समिति सदस्य हुदै गर्दा आदरणिय कुमार थापाज्युको संस्थागत बिद्यालय कंकाइ एवं महमाइ बोडिङ्ग मा. बि. मा बार्षिक कार्यक्रममा प्रमुख अतिथिको बिशेष निमन्त्रणामा सहभागिता जनाएको र सामाजिक काममा बिगत २०६२ सालमा प्रवासबाट शुरू भै क्लब अध्यक्ष, तनहूँ बिद्युतिय ब्यबसायी संघ अध्यक्ष, मालेबगर टोल बिकास सस्था अध्यक्ष, लायन्स क्लब अफ तनहूँ म्याग्दे Education director, साहारा कृषि सहकारी संस्था लिमिटेड कोषाध्यक्ष ,सेति बुल्दि दोभान दमौलीघाट संचालक समिति सदस्य एवं सेति बुल्दि दोभान दमौलीघाट निर्माण समिति संयोजक, लगायत बिभिन्न संघ संस्थामा काम गरेको अनुभव छ।। यस कार्यकालको अबधिभर बिशेष काम बाहेक सबै बैठकमा सहभागी भएको र अन्य गतिविधिमा कुशलतापूर्वक काम गरेको उपस्थितिमा हस्ताक्षर रहेको जानकारी गराउँदछु। यस कार्यमा संयोजक, मुल्यांकन संयोजक हुँदा सदस्य र उपस्थित भै सहयोग गर्नु हुने समितिको साथीहरु, शिक्षक प्रतिनिधि, शिक्षक ज्यूहरु, अभिभावक ज्यू, अभिभावक संघ साथीहरु लगायत र बि,ब्य,स अध्यक्ष, शिक्षक अभिभावक अध्यक्ष ज्यू बिश्वासका साथ कामको जिम्मेवारी दिनुभएको मा हार्दिक धन्यवाद। भुलचुकमा गल्ती भए मानबिय भुल सम्झि हार्दिकता , नमस्कार एवं धन्यवाद ।

पोष्ट मान श्रेष्ठ (सन्त मान)

पेसाले ब्यबसायी

संचालक, न्यु सबनम एण्ड संगम बिजुली पसल
एवं
पुर्व विद्यालय ब्यबस्थापन समिति
सदस्य, श्री सत्यवती माध्यमिक विद्यालय
ब्यास २ दमौली ”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्