दमौलीमा बिहानी बजार डिपार्टमेन्ट स्टोरको समुदघाटन

  • ख-
  • ख+

तनहुँको दमौलीमा आज एक कार्यक्रमका बिचमा बिहानी बजार कमप्लिट डिपार्टमेन्ट स्टोर सुरु गरिएको छ ।पोखरामा मुख्य शाखारहेको बिहानी बजार प्रा. लि. ले दमौलीमा पनि शाखा बिस्तार गरेको हो । व्यास २  भोलेटार चोकमा शाखा बिस्तार गरि बुधवार समुदघाटन गरिएको छ । शाखाको शुभारम्भ गर्दै ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले यस्ता व्यावसायिकहरुले आर्थिक गतिविधिमा ठुलो टेवा पुग्ने बताउनुभयो।

पोखराको लेक साईडमा केहि समय पहिलेबाट पहिलो चोटि बिहानी बजार संचालनमा आएको थियो । बिहानी बजारको यो तेस्रो शाखाहो । व्यवसायी, जनजाति महासंघ तनहुँकी अध्यक्ष एवम् ब्यास ४ कि वडा सदस्य बसुन्धरा घर्तिले दमौली शाखा संचालनमा ल्याउनुभएको हो ।

स्वादेशि तथा स्थानीय उत्पादनलाई जोड दिई सम्पुर्ण प्रकारका दैनिकी उपभोग्य सामाग्री उपलब्ध गराईने बिहानी बजारका संस्थापकअध्यक्ष डा. ढाका कुमार श्रेष्ठले बताउनुभयो । ग्राहकहरुले अनलाईन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलीभरीको नि:शुल्कसुबिधा पनि रहेको श्रेष्ठले जानकारी दिनुभयो । यसले लमजुङ बजार , बेनी बजार लगाएतका स्थानमा पनि शाखा संचालन गर्ने तयारीरेको र एक जिल्ला एक बिहानी बजार गण्डकि प्रदेश सम्म श्रेष्ठ बताए । थोरै नाफा कमाउने तर धरै सम्मान बेच्ने, नाफामा आएको केहि रकम सामाजिक काममा खर्च गर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?