नेकपा एमाले तनहूँको नवौं अधिवेशन शुरु

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले तनहूँको नवौ अधिवेशनको आज नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री किरण गुरुगंले उद्घाटन गर्नुभएको छ । तनहूँको दमौलीमा भएको उक्त अधिवेशनको उद्घाटन गर्दै गुरुगंले एमालेलाई कसैले पनि हराउन नसक्ने बताउनुभएको थियो ।
उक्त अवसरमा नेकपा एमाले स्थायी कमिटिका सदस्य टुकराज सिग्देल, पूर्व केन्द्रीय सदस्य एकबहादुर राना, भगवती न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
भोलिसम्म चल्ने अधिवेशनले १ सय ५ जनाको जिल्ला कमिटि चयन गर्नेछ । अधिवेशनमा तनहूँ जिल्लाभरका ८५ बटा वडाहरुबाट ६ सय जना प्रतिनिधिहरु सहभागी हुनुभएको छ ।
नेकपा एमाले तनहूँका कार्यवाहक सचिव विष्णुभक्त सिग्देलले संचालन गरेको कार्यक्रम जिल्ला कमिटिका अध्यक्ष केदार सिग्देलको सभापतित्वमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?